काठमाडौं- बारामा बुधबार साँझ चट्याङबाट एक जनाको मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिका-२० बसडिलवाका २८ वर्षीय विजय यादवको चट्याङबाट मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
बसडिलबामै चट्याङ लागेर थप दुई जना घाइते भएका छन्।
स्थानीय सहमुदिन अन्सारी र विसुनदयाल ठाकुरकी श्रीमती ६० वर्षीय शान्ती देवी घाईते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको वीरगन्जमा उपचार भइरहेको छ।