आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उद्धार र राहतका लागि हेलिकोप्टर तैनाथ गर्ने सुदूरपश्चिम सरकारको तयारी

उद्धार र राहतका लागि हेलिकोप्टर तैनाथ गर्ने सुदूरपश्चिम सरकारको तयारी

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी अघि बढाएको छ। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी अघि बढाएको छ। 

बाढी, पहिरो तथा जनधनको क्षति न्यूनीकरण गर्नका लागि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन परिषद्को बुधबार बसेको बैठकले विभिन्न तयारी अघि बढाएको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रदेश सरकारका प्रवक्ता पूर्णा जोशीले परिषद्को बैठकले उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय गरेको बताइन्। 

बुधबार बसेको बैठकले विपद्मा परेका व्यक्तिको उद्दार तथा राहत वितरणका लागि प्रदेशमै हेलिकोप्टर तयारी अवस्थामा राख्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको मन्त्री जोशीले बताइन्।

परिषद्को बैठकले राहत तथा उद्धारका लागि आवश्यक सामाग्रीको व्यवस्थापन गर्ने निर्णय समेत गरेको मन्त्री जोशीको भनाइ छ। उनले परिषद्को बैठकले विपद् पूर्व तयारी तथा कार्ययोजनासमेत पारित गरेको बताइन्। कार्ययोजनाअनुसार हुनसक्ने सम्बन्धित जोखिमलाई न्यूनीकरण गर्न विषयगत समितिलाई परिचालन गर्ने उल्लेख छ। उनले भनिन्, ‘कार्य योजनाअनुसार विषयगत समितिको जिम्मेवारी तथा काम तोकिएको छ।’ 

सुदूरपश्चिम प्रदेशमा पछिल्लो १० दिनमा विपद्का २९ घटना भइसकेका छन्। यसमा बाढी तथा पहिरोका १५ वटा घटना छन्। घटना परेर पाँच जनाको मृत्यु र पाँच जना घाइते भएका छन् भने एक जना बेपत्ता भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ। 

प्रदेशमा सबैभन्दा बढी बाढी पहिरोका घटना बाजुरा जिल्लामा भएका छन्। केन्द्रका अनुसार बाजुरामा बाढी पहिरोका ६ वटा घटना भएका छन्। घटनामा परेर एक महिलाको मृत्यु भएको छ भने ११ घर परिवार प्रभावित भएका छन्। 

पछिल्लो १० दिनमा प्रदेशका पहाडी तथा हिमाली जिल्लामा विपद्ले क्षति पुर्‍याएको केन्द्रको तथ्यांकमा उल्लेख छ। तथ्यांकअनुसार डोटी र दार्चुलामा विपद्का तीन/तीन घटना भएका छन्। डोटीमा दुई पुरुषको मृत्यु र एक महिला घाइते भएको तथ्यांकमा उल्लेख छ। डोटीमा विपद्बाट ६ घरपरिवार प्रभावित भएका छन्। दार्चुलामा एक पुरुष घाइते र एक घर परिवार प्रभावित भएको उल्लेख छ।

प्रदेशको बझाङमा बाढी पहिरोका दुई घटना भएकोमा एक महिलाको मृत्यु भएको जनाइएको छ। अछाममा एक घटना भएको उल्लेख छ।

प्रकाशित: Jun 23, 2021| 15:10 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।