आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : आफैले वाचन गरेको बजेटबाट असन्तुष्ट छन् मन्त्री आङ्बुहाङ

प्रदेश १ : आफैले वाचन गरेको बजेटबाट असन्तुष्ट छन् मन्त्री आङ्बुहाङ

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आफैले सार्वजनिक गरेकाे आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटप्रति असन्तुष्टि जनाएका छन्। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

विराटनगर- प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आफैले सार्वजनिक गरेकाे आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटप्रति असन्तुष्टि जनाएका छन्।

प्रदेश सरकारको बजेट पुरानो जिविसको जस्तो बजेट भएको उनले बताए। प्रदेशसभाको बुधबारको बैठकबाट प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक २०७८ मा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री आङबुहाङले बजेटप्रति असन्तुष्टि व्यक्त गरे। बजेट विनियोजनको यस्तो प्रकृति रहनु चिन्ताको विषय भएको पनि उनले उल्लेख गरे।

प्रदेशको अधिकार सूचीहरुमा करको सीमित क्षेत्रहरुमा मात्र प्रदेश सरकारको सहभागिता रहने भएकोले करको दायरा विस्तार गर्न नसकिएको मन्त्री आङ्बुहाङले बताए। 

सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले सरकारको बजेटका सम्बन्धमा सबैभन्दा महत्वपूर्ण विधेयकमा सांसदहरुको ध्यान कम गएको टिप्पणी गरे।

उनले राजश्व र व्ययको अनुमानमाथि प्रदेशसभामा घनिभूत छलफल भएको र बजेटका विभिन्न पाटा पक्षलाई केलाउने प्रयत्न भए पनि आर्थिक विधेयकमा छलफल गर्न सांसदहरुको रुचि नदेखिएको भन्दै चिन्ता व्यक्त गरे।  

बुधबार मात्रै प्रस्तुत गरिएको आर्थिक विधेयकमा छलफल गर्न प्रदेशसभाका सांसदहरुको अरुचि देखिएको थियो। बजेटसम्बन्धी महत्वपूर्ण विधेयकमाथि छलफलमा एक जना सांसदले मात्र भाग लिए। उनले उठाएका प्रश्नहरुको जवाफ दिएपछि बुधबार नै विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो। विधेयक सर्वसम्मतिले पारित भएको छ।

प्रकाशित: Jun 23, 2021| 14:35 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।