सोमबार, असार २९, २०८३

शुभयात्रा वैदेशिक एप सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रवासी नेपाली समन्वय समितिले शुभयात्रा वैदेशिक एप सार्वजनिक गरेको छ । 

सोमबार सार्वजनिक गरिएको यो एक मोबाइल एप्लिकेसन हो । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी शुभयात्रा एप मार्फत पाउन सकिन्छ । 

वैदेशिक रोजारीमा जाने क्रममा रहेकोहरूलाई आवश्यक जानकारी जस्तैः प्रक्रियामा चाहिने डकुमेन्ट्ररी, स्वास्थ र सुरक्षा टिप्स, वित्तीय जानकारी तथा सल्लाह र सेवा निर्देशिका जस्ता सम्पूर्ण जानकारी राखिएको छ । 

उक्त एप विदेश जान लागेकाहरुलाई मात्र लक्षित नभई विदेशमा रहेका, नेपाल फर्किसकेका नेपाली कामदारहरूको लागि पनि लाभान्वित हुने प्रवासी नेपाली समन्वय समितिले बताएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्