सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी : विपक्षीले बहिष्कार गर्ने भएपछि बैठक सुरु नै नभई स्थगित 

लुम्बिनी : विपक्षीले बहिष्कार गर्ने भएपछि बैठक सुरु नै नभई स्थगित 

विपक्षी दलहरुले प्रदेशसभा बैठक बहिष्कार गर्ने भएपछि बुधबारबा लागि तय गरिएको प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

बुटवल– विपक्षी दलहरुले प्रदेशसभा बैठक बहिष्कार गर्ने भएपछि बुधबारबा लागि तय गरिएको प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ। 

सरकाले ल्याएको आर्थिक वर्ष ०७८–७९ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेपनि विपक्षी दलहरुले भने बहिष्कार गर्ने बताएपछि प्रदेशसभा बैठक बस्न नसकेको हो। प्रदेश सभाको बैठक असार २७ गतेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए। 

बुधवार दिनको १ बजे बैठकका लागि समय तय गरिएको थियो।  प्रदेशका मन्त्रीदेखी सांसदहरु प्रदेश सभा भवनमा आएर फर्किएका छन्। विपक्षी दलहरु संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आआफ्नो संसदीय दलमा छलफल गरेका थिए। यसअघि सोमबार बसेको प्रदेशसभा बैठक विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (यादव पक्ष) र राष्ट्रिय जनमोर्चाले बहिष्कार गरेका थिए।  

नीति तथा कार्यक्रम सहजै पारित भए पनि बजेट पारित हुन नदिन विपक्षीहरु लगिपरेका छन्। विपक्षी दलहरुले सदनमा आफ्नो कुरा राखेर सरकारलाई गाली गरेपछि बहिष्कार गर्ने गरेको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए।

उनले बजेट माथिको छलफलका लागि बोलाईएको बैठकमा राजनीतिक भाषण हुने र बहिस्कार गर्ने भएकाले बैठक स्थगित गरिएको प्रदेश सरकारले जनाएको छ। सरकारले आगामी बैठकबाट बजेट माथी छलफल गरी पारित समेत गर्ने योजना बनाएको समेत मन्त्री चौधरीले बताए।  प्रदेश सभाको अर्को बैठक असार २७ गते दिउँसो १ बजे बस्ने छ। 

प्रकाशित: Jun 23, 2021| 12:18 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।