आइतबार, चैत १५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • स्वीजरल्याण्डले ब्राजिललाई बराबरीमा रोकेपछि, स्वीस र ब्राजिलियन मिडियाले के लेखे ?

स्वीजरल्याण्डले ब्राजिललाई बराबरीमा रोकेपछि, स्वीस र ब्राजिलियन मिडियाले के लेखे ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इटहरीः आइतबार राती विश्वकपको पाँचपटकको विजेता टिम ब्राजिललाई स्विटजरल्याण्डले बराबरीमा रोक्यो । हुन त सन २०१४ को पहिलो खेलमा पनि स्विसले साविक विजेता स्पेनलाइ एक शून्य गोल अन्तरले हराएर रेकर्ड कायम गरेको थियो । तर, विश्वकप आउनु अघिका सबैजसो खेलमा लगातार जित निकालेको ब्राजिललाई समान एक-एक गोलमा रोक्नु स्विस समूहको ठुलो जित थियो । 
   
विश्वकप अगाडिका सबै खेलमा गोल नखाइ विजयी भएको थियो ब्राजिल । २३ मार्चमा रसियालाई ३-०, २७ मार्चमा जर्मनीलाइ १-०, ३ जुनमा क्रोएसियालाइ २-० र १० जुनमा अष्ट्रियालाइ ३-० अन्तरले हराएको थियो ब्राजिलले । एकएक जित निकाल्दै आएको ब्राजिल समूह चरणको पहिलो खेलमा भने स्विस टोलीसँग एक-एकको बराबरीमा रोकियो । 

यो नतिजाले विश्वभरका ब्राजिलमा विश्वास राख्ने फ्यानहरुमा मात्रै हैन फुटबल पण्डितहरूमा पनि आश्चार्य छाएको छ । यो विषयमा स्विस मिडिया पनि खुसी देखिन्छन् । 

स्विटजरल्याण्डबाट प्रकाशन हुने द लोकन डट सिएच अनलाइनले यस नतिजाका बारेमा लेखेको छ, ‘यो सँगै अब शुक्रवार कोस्टारिकासँगको खेलमा ब्राजिललाई थप दबाब भएको छ ।’ 

यस्तै स्विजलल्याण्डकै अर्को अङ्ग्रेजी संस्करणको मिडिया स्विस इन्फोले त ‘के स्विटजरल्याण्डले वल्डकप जित्छ ?’ भन्ने विषयमा लेख नै लेखेको छ । थोमस स्टेफेन्सले लेखेको उक्त आलेखमा स्विजरल्याण्डले विश्वकप जित्ने आधार १.८ प्रतिशत मात्रै मानेको तथ्य दिएका छन् । तर, स्विटजरल्याण्ड विश्वको छैटौँ राम्रो समूह भएको पनि लेखक स्टेफेन्सले एक स्विस सर्भेलाई उदृत गर्दै लेखेका छन् । उनले छनौट चरणबाट दोस्रो चरणमा स्विस टिम दोस्रो हुने ४० प्रतिशत हाराहारी सम्भावना भएको पनि लेखेका छन् । 

के भन्छ ब्राजिलियन मिडिया?

अङ्ग्रेजी संस्करण भएका स्विस मिडियामा ब्राजिल विरुद्ध बराबरीको खेल निस्केकोमा खुसीयाली छाए विपरीत ब्राजिलियन मिडियामा भने चिन्ता प्रकट भएको छ । ब्राजिलको प्रसिद्ध अङ्ग्रेजी दैनिक द रियो टाइम्सले लेखेको छ, ‘सन २०१४ को गृहमैदानमा भएको ७-१ को लज्जास्पद पराजयबाट उठ्ने उदेस्यका साथ ब्राजिल २०१८ को विश्वकपमा प्रवेश गरेको थियो ।’ नेल्सन बेलेनले लेखेको उक्त समाचारमा ब्राजिलका मुख्य कोच टेटेलाइ उदृ गर्दै भनिएको छ, ‘अवश्य पनि मेरो उद्देश्य विजय थियो । आजको नतिजासँग म खुसी छैन ।’

द रियो टाइम्सले नेयमारलार्इ सन १९९८ पछिको विश्वकपमा सर्वाधिक १० पटक फल गरेको उल्लेख  गर्दृ नेयमारले पाएका दुई वटा फ्री किकको अवसर गुमाएको पनि उल्लेख गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।