काठमाडौं–नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ७२ औं शाखाका रुपमा सल्यानमा नयाँ शाखा खोलेको छ । ग्रामीण क्षेत्रमा सहज बैकिङ सेवा प्रदान गर्ने उद्देश्यले छत्रेश्वरी गाउँपालिकाको लान्तीबाट सेवा शुरु गरेको बैंकले जनाएको छ ।
प्रदेश नम्बर ६ स्थित लान्तीका स्थानीयलाई वित्तिय कारोबारमा सहजता दिने बैंकको प्रतिवद्धता छ ।
विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई तीन अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक एक मात्र निजी क्षेत्रको बैंक हो ।
८ लाख भन्दा वढी उपभोक्ता रहेको बैंकको एक सय एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर र ५ लाख ५० हजारभन्दा वढी भिसा डेविट कार्ड प्रयोगकर्ता छन ।
बैंकका ५७ वटा शाखा रहित बैंकिङ सुविधा र तीन सय वढी भिसा र एनपिएन सदस्य बैंकको एटिएम छन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४