बुधबार, चैत ११, २०८२

मेस्सीले राम्रो खेल्ने आशमा अजर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- आफ्ना निजी कामहरूलाई धेरैले पन्छाउदै यो समय विश्वकप हेर्न तल्लिनमा छन् । त्यस्तै तल्लिनमा छन् गायक अजर जंगम पनि । 

उनले टिसर्टसँग सेल्फी लिँदै म्याकिङ फेस, डिस्ट्रबेन्स नट अलाउड, नो स्लीपिङ, ड्रिम अन्ली गोल्स, विश्‍वकप फिभर, अर्जेन्टिना फर दुई हजार अठार क्रमश लेख्दै अर्जेन्टिनाको खेलाडी मेस्सीको समर्थनमा टि-सर्ट लगाएर फेसबुकमा सेल्फी समेत पोष्ट गरेका छन् । उनी भन्छन्, ‘म लियोनल मेस्सीको बिग फ्यान हुँ ।’
 
‘तिम्रो हाल सोध्ने छन्’ बोलको गीतको तयारीमा रहेका अजर विशुद्ध विश्‍वकपमय भएका छन् । उनी भन्छन्, ‘विश्‍वकपले निद्रा समेत खलबलाइदिएको छ ।’ 
गोधुलीसँगै मान्छेहरू टिभीको स्क्रीनमा टोलाउन थाल्छन् । सडक किनारमा टिभीले वल्र्डकपको हुटिङ चिच्याइरहेको छ । चियापसलदेखि स्कुल कलेजहरूमा विश्‍वकपको गसिफ चर्किएको छ । 

त्यस्तै गायकहरूको दुनियाँमा पनि विश्‍वकपले उत्तिकै प्रभाव पारेको छ । उनी भन्छन्, ‘आफू खेलाडी भएकोले खेल त स्वभावैले मन पर्छ ।’
टिसर्ट लगाएर हातमा गितार समातेका उनी आफूलाई नि खेलाडी सम्झन्छन् । र उनी साँच्चै जिम्न्यास्टिकका खेलाडी नै हुन् । फुटबल खेल्ने धोको नभएको होइन उनलाई । गायनमा लागेपछि फुटबल हेरेर चित्त बझाउदै छन् । अघिल्ला चरणका खेललाई उनले घरमै हेरे । अन्तिम चरणका खेललाई ग्यादरिङ्गमा भएर हेर्ने सोंच भएको बताउँछन् । र थप्छन, ‘मुड अनुसार हेर्ने हो गेम ।’

चारवर्ष अघि मेस्सीले खेलेको खेलको जादु नदेखाउदा मेस्सीका फ्यान धेरै निराश छन् । त्यस्तै निराश भएका छन् अजर पनि । उनी भन्छन्, ‘मेस्सीले यति कमजोर खेल खेलिदिए, जो हामीले सोचेका थिएनौं ।’

सायद सबै फ्यान यही भनिरहेका छन् । कतिले त मेस्सीको दश नम्बर टिसर्टलाई साइकल पुस्ने कपडासमेत बनाइदिए । कतिले टिसर्ट खोलेर हुर्राए । तर अजरले त्यस किसिमले खेललाई नहेरेको बताउँछन् । र खेलाडीलाई उस्तै आदर गरेका छन् । उनी भन्छन्, ‘खेल सधैं एकनासको हुँदैन, खेलमा उतारचढाव आइरहन्छ ।’
ग्रुप डि अन्तर्गतको आइसल्याण्ड र अर्जेन्टिनाबीचको खेलमा मेस्सीले पेनाल्टी गोल मिस गरे । फेसबुक वालभरि ‘मिस पेनाल्टी’ लेखेर मेस्सीलाई पोष्ट गरिए । यसप्रति सबै फ्यान दुखी भए । 

पेनाल्टी गोल हान्न नसक्नु के भाग्यले साथ नदिएको हो त मेस्सीलाई ? मेस्सीलाई मन पराउने अजरले खेलाडीको मर्म बुझेको बताउछन् । उनी भन्छन्, ‘पेनाल्टीको गोल चुकाएकोप्रति विश्व चकित परेको छ हामी के ?’ 

खेल मैदानमा देखिने चिज हो । कसले कति खेल्न सक्छ खेलिरहदा थाहा हुन्छ । बाँकी खेलप्रति पनि मेस्सीले राम्रो खेल्ने विश्वस्त छन् । उनी भन्छन्, ‘खेल अझै बाँकी छ र मेस्सीले राम्रो खेल्ने छन् । 

मेस्सीले खेलको जादुले छोडेको प्रभाव अजरलाई पनि छ । उनी पनि आशावादी छन् मेस्सीप्रति । स्वार्थ रहित फ्यानले मन पराएको खेलाडीले राम्रो खेलिदियोस् भन्ने मनमा हुन्छ । उनको मनमा पनि त्यस्तै भइदिएको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।