बुधबार, चैत ११, २०८२

विश्वकपमा इंग्ल्यान्ड र ट्युनिसियाको प्रभाव कति ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकप फुटबलको अन्तर्गत सोमबार हुने तेस्रो खेलमा इङ्ल्यान्डविरुद्ध ट्युनिसिया मैदानमा उत्रिदैछ ।
 
२० बर्षपछि पुन विश्वकपमा एकै समुहमा परेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राती पौने १२ बजे  हुनेछ । 

इंग्ल्याण्ड रसिया विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्दै सुखद शुरुवात गर्ने तयारीमा छ भने ट्युनिसियाको इंग्ल्याण्डलाई रोक्ने रणनीति छ ।

अहलेसम्म ट्युनिसिया र इंग्ल्याण्डको २ खेलमा भेट भएको छ । जसमा एक खेल बराबरी भएको छ भने एक खेल इंग्ल्याण्डले जितेको छ ।

इंग्ल्याण्ड

अहिलेसम्म १४ पटक विश्वकप खेलेको इंग्ल्याण्डले एक पटक उपाधि चुमेको छ भने एक पटक चौथो र ५ पटक क्वारटफाइनलमा पुगेको छ ।

५२ वर्षअघि, सन् १९६६ मा आफ्नै भूमिमा भएको विश्वकपको उपाधी जित्दै इंग्ल्याण्डल इतिहास रचेको थियो । जर्मनीलाई आफ्नै मैदानमा ४-२ गोल अन्तरले पराजित गर्दै उ विजयी भएको हो ।  त्यसयता उ फाइनलमा समेत पुग्न सकेको छैन् । 

लगातार आफ्नो स्तर खस्किदै गएको इङ्ल्यान्डलाई यसपटक बलियो उपस्थिती देखाउन ठूलो दवाव छ । उ आफ्नो प्रभाव देखाउन यसपटक ठूलै तयारीका साथ मैदान उत्रिदैछ ।  

विश्वकपका लागि इंग्ल्यान्डको टिम

गोलकिपर्स : ज्याक बटयान्ड, जोर्डन पिकफोर्ड, निक पोप ।

डिफेन्डर्स : ट्रिन्ट एलेक्सेन्डर अरनोल्ड, गेरी काहिल, फविएन, फिल जोन्स, ह्यारी मगुइर, ड्यानी रोज, जोन स्टोन्स, काइरन ट्रिपपनइर, काइल वाल्कर, असले यङ ।

मिडफिल्डर्स : डिल अलि, इरिक डाइर, जोर्डन हेन्डर्सन, जेसी लिडगार्ड, रुबेन लफ्टस चिक ।

फरवार्ड : ह्यार केन, मार्कस रासफोर्ड, रहिम स्ट्रलिङ, जमाइ भार्डी, ड्यानी विलबेक ।

ट्युनिसिया 

सन १९७८ अर्जेन्टिनामा भएको प्रतियोगिताबाट विश्वकपमा सहभागि हुन थालेको ट्युनिसियाको यो पाँचौ सहभागिता हो । 

अर्जेन्टिनामा भएको विश्वकपमा डेब्यु गरेको ट्युनिसियाले समूह चरण भने पार गर्न सकेन । सन् १९९८ देखि २००६ सम्म लगातार तीन वटा विश्वकप खेले पनि ट्यनिसियाले समूह चरण पार गर्न सकेन ।

२०१० मा छनोट हुन नसकेको ट्युनिसिया रसिया विश्वकपमा भने राम्रो प्रदर्शन गर्ने दाउमा छ ।

 विश्वकपका लागि ट्युनिसियाको टिम

गोलकिपर्स : फरोक विन मुस्टाफा, मोइज हसेन, अमेन माथलउथी ।

डिफेन्डर्स : रमी बेडोइ, योहान विनालोआने, स्याम विन योसेफ, डाइलान ब्रोन, ओउसान हड्डाडी, अली मालउन, यासाइन मेरिआ, हमाडी नागगुइज ।

मिडफिल्डर्स : व्हबी खज्री, अनाइस बद्री, मोहमद वेन अमोर इटोआइल, साहिल फिजानी ससी, एल्लेस स्खिरी ।

फरवार्डः सौफे इदिन खओयुई, फर्खे्दिने बेन युसुफ, सबेर खलिफा, बेस्सेम सरार्फी, नेइम सेलेती, अहमद खलिल, घायलेन चालेली ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।