बुधबार, मंसिर २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बढ्यो वित्तीय जोखिम, बैंकको निक्षेपभन्दा कर्जा दोब्बर

बढ्यो वित्तीय जोखिम, बैंकको निक्षेपभन्दा कर्जा दोब्बर

चालू आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनभन्दा कर्जा प्रवाह ४७.८५ प्रतिशतले बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार २७ वटा वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह २ खर्ब ३९ अर्ब ७६ करोड रुपैयाँ बढी छ।
 |  सोमबार, असार ७, २०७८

शर्मिला ठकुरी

शर्मिला ठकुरी

सोमबार, असार ७, २०७८

काठमाडौं– चालू आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनभन्दा कर्जा प्रवाह ४७.८५ प्रतिशतले बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार २७ वटा वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह २ खर्ब ३९ अर्ब ७६ करोड रुपैयाँ बढी छ।

National life

११ महिनामा वाणिज्य बैंकहरुमा ५ खर्ब १ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन भएकोमा  ७ खर्ब ४० अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। गएको जेठ महिनामा मात्र ३५ अर्ब ५९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह भएको देखिन्छ।

निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्दा वाणिज्य बैंकहरुसँग तरलता (निक्षेप) अभाव सुरु भएको छ। वाणिज्य बैंकहरुले निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा बढी ध्यान दिँदा यस्तो अवस्था आएको हो।

कर्जा प्रवाहको प्रकृति हेर्दा प्रत्येक तीन–तीन महिनामा कर्जा ह्वात्तै बढेको देखिएको छ। निजी क्षेत्रले कर बुझाउने समय पनि हरेक तीन–तीन महिनाको अन्तरमा भएको र सोही समयमा कर्जा प्रवाह बढेको देखिँदा वाणिज्य बैंकहरुबाट गएको कर्जा राजस्व तिर्नका लागि गएको भन्ने आकलन गरिएको छ।

वाणिज्य बैंकहरुबाट सबैभन्दा धेरै गत असोजमा १ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ भने पुसमा १ खर्ब २७ अर्ब ६३ करोड र चैतमा १ खर्ब ६१ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ। असोज, पुस र चैत महिना ठूला करदाताले कर बुझाउने महिना हो। 

Laxmi sunrise bank
kumari

निजी क्षेत्रले कर तिर्न र बैंकहरुको ब्याज तिर्नका लागि थप ऋण लिएकोले कर्जा बढ्दै उत्पादकत्व बढ्छ भनेर ढुक्क हुन नहुने बैंकरहरु बताउँछन्। कर्जा प्रवाहको अवस्थालाई विश्लेषण गर्दा कर्जा बढ्दा उत्पादकत्व बढ्छ भन्ने ठाउँ नरहेको राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री बताउँछन्। उनका अनुसार अहिले कर्जा प्रवाहको अवस्था हेर्दा बैंकिङ क्षेत्र मोटाएको नभई सुन्निएको हो। उनले भने, ‘सुन्निएको बैंकिङ क्षेत्रले समग्र वित्तीय क्षेत्रमा बबल क्रिएट भएको हो, यो फुट्दा वित्तीय क्षेत्रमा ठूलो नकारात्मक असर पर्नेछ, त्यसैले नियामक निकाय सचेत हुन जरुरी छ।’ 

चालु आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी एनआइसी एसियाले ९३ अर्ब २ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ। त्यस्तै नबिल बैंकले ४४ अर्ब ८४ करोड, ग्लोबल आइएमई बैंकले ४२ अर्ब ३८ करोड र प्रभु बैंकले ३३९ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

त्यस्तै, गत जेठ मसान्तसम्ममा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा एनआइसी एसिया नै छ। उसले जेठ मसान्तसम्ममा ९३ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यस्तै धेरै निक्षेप संकलन गर्नेमा सिटिजन्स बैंक र सिभिल बैंक पनि छन्। उनीहरुले क्रमशः ३८ र २८ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। कर्जा प्रवाहमा अगाडि रहेका नबिल, ग्लोबल आइएमई र प्रभु बैंकले जेठ मसान्तसम्ममा क्रमशः २८ अर्ब १८ करोड, २८ अर्ब ६२ करोड र २४ करोड ८६ लाख  रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

चालू आवको ११ महिनामा दुई वाणिज्य बैंकको निक्षेप भने घटेको छ। यो अवधिमा स्टाण्डर्ड चार्टर्ड बैंकको निक्षेप ११ अर्ब २२ करोडले घटेको छ भने नेपाल एसबिआई  बैंकको १ अर्ब ६७ करोड रुपैयाँले। 

प्रकाशित: Jun 21, 2021| 10:04 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्