शुक्रबार, भदौ १२, २०८३

मधेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउन आदेश

 |  बुधबार, साउन १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०८२

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। यससँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

२०८१ जेठ ४ गते उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन्। त्यसपछि फरार रहेका अहिराज गत साउन ४ मा पक्राउ परेका थिए।

प्रकाशित: Jul 30, 2025| 18:40 बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्