काठमाडौं- रुसमा जारी २२ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार स्विडेन र दक्षिण कोरिया भिड्दैछन् । नेपाली समयअनुसार साझ ५:४५ बजे हुने खेलमा दुबै टोली जितको खोजीमा हुनेछन् ।
११ पटक विश्वकप खेलेको स्वीडेनलाई १०औं पटक विश्वकप खेल्न लागेको दक्षिण कोरिया जसरी हुन्छ रोक्ने रणनीतिमा छ । स्वीडेन विश्वकपमा एक पटक उपविजेता बनेको छ भने दक्षिण कोरियाले अहिलेसम्म सेमिफाइनलसम्मको यात्रा मात्रै तय गरेको छ ।
स्विडेन
सन १९३४ मा भएको दोस्रो विश्वकप फुटवल प्रतियोगिताबाट सहभागिता जनाउन थालेको स्विडेनले अहिलेसम्म ११ वटा विश्वकपमा सहभागिता जनाएको छ ।
सन १९३४ को डेब्यु विश्वकपमा नै स्वीडेन क्वाटरफाइनलमा पुगेको थियो ।
यस्तै स्विडेनले सन् सन १९५८ फिफा विश्वकपको आयोजक बन्ने सुनौलो अवसर पायो । जुन विश्वकपमा उ उपविजेता बनेको थियो । फाइनलमा ब्राजिलसँग ५–२ गोलअन्तरले पराजित हुदै स्वीडेनको उपाधि जित्ने सपना चकनाचुर भयो ।
यसपछि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा स्वीडेनले सेमिफाइनसम्मको यात्रा पार गर्दै तेस्रो भएको थियो ।
सन् २०१० र २०१४ को विश्वकपमा छनोट हुन नसकेको स्विडेन १२ वर्षपछि पुन: विश्वकप खेल्न रसिया पुगेको छ । यसपटक उ आफ्नो प्रभाव देखाउने दाउमा छ ।
विश्वकपका लागि स्विडेनको टिम
गोलकिपर्स : रोबिन ओल्सेन, कार्ल–जोहान जोहनसन, क्रिस्टोफर नोर्डफिल्ड्ट ।
डिफेन्डर्स : माइकेल लसटिग, भिक्टर लिन्डिलोफ, एनड्रिज गा्रनक्यूभिस्ट, मार्टिन ओल्सन, लुडविग अगस्टिनसन, फिलिप हेलान्डर, इमिल क्राफ्ट, पोन्टस जानस्सन ।
मिडफिल्डर्स : सिबास्टियन लार्ससन, अल्बिन एक्डाल, ईमाइल पोर्सबर्ग, गुस्टभ स्भेनसन, ओस्कर हाइल्जेमार्क, भिक्टोर क्लाइसन, माकर्स रोहडिन, जिमि डर्माज ।
फवाडर्स : मार्कस बर्ग, जोन गुइडिटिट्ट, ओला टोइभोनेन, इसाक किज थिलिन ।
दक्षिण कोरिया
दक्षिण कोरियालाई एसियाली मुलुकहरु मध्यको बलियो टिमको रुपमा लिने गरिन्छ । ९ पटक विश्वकप खेलिसकेको कोरिया १०औं पटक विश्वकप खेल्न रसिया पुगेको छ ।
दक्षिण कोरियाले सन् १९५४ मा स्वीट्जरल्याण्डमा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो । पहिलो विश्वकपको समूह चरणबाटै बाहिरिएको दक्षिण कोरियाले अर्को विश्वकप खेल्न ३२ वर्ष कुर्नु परेको थियो ।
जापानसँग मिलेर दक्षिण कोरियाले पहिलो पटक सन् २००२ मा विश्वकपको आयोजना गर्ने अवसर पाएको थियो । यही विश्वकपमा दक्षिण कोरियाले सेमिफाइनलसम्मको यात्रा तया गरेको थियो ।
अघिल्लो पटक ब्राजिमा आयोजना भएको सन २०१४ को विश्वकपमा पोर्चुगल जस्तो बलियो टिमलाई १–० को अन्तरले हराउदै कोरियाले आफ्नो प्रभाव देखाएको छ । यसपटक आफ्नो प्रभाव अझै बढाउने उसको रणनीति छ ।
विश्वकपका लागि दक्षिण कोरियाको टिम
गोलकिपर्स : किम सियङग्यू, किम जिन हाइयोन, छो ह्यून ओ ।
डिफेन्डर्स : किम यङग्वन, जाङ ह्यून सो, जङ सियूङ ह्यून, यून यङ सन, ओ बान सुक, किम मिन ओ, पार्क जो हो, हङ छुल, गो यो हान, लि यङ ।
मिडफिल्डर्स : कि सुङ युइङ, जुङ ओ यङ, जु सि जोङ, को जा केवल, लि जई सङ, लि सियूङ ओ, मुन सियोन मिन ।
फवाडर्स : किम सिन ओक, सन हियङ मिन, ह्वाङ हि च्यान ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४