सोमबार, असार २९, २०८३

विश्वकपमा आज ६ देश भिड्दै : क–कसले मार्लान बाजी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार तीन वटा खेल हुँदैछन् । 

पहिलो खेलमा समुह एफ मा रहेको युरोपेली मुलुक स्विडेन र  एसियाली मुलुक दक्षिण कोरिया भिड्दैछन् । खेल निजहनी नोभगोरोड रंगशालामा नेपाली समयअनुसार साझ पौने ६ बजे हुनेछ ।

दुबै टोली आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा छन् । यो समुहबाट जर्मनीलाई पराजित गर्दै मेक्सिकोले ३ अंक बटुली सकेको छ । 

११ पटक विश्वकप खेलेको स्वीडेनलाई १०औं पटक विश्वकप खेल्न लागेको दक्षिण कोरिया जसरी हुन्छ रोक्ने रणनीतिमा छ । स्वीडेन  विश्वकपमा एक पटक उपविजेता बनेको छ भने दक्षिण कोरियाले अहिलेसम्म सेमिफाइनलसम्मको यात्रा मात्रै तय गरेको छ ।

अहिलेसम्म स्वीडेन र दक्षिण कोरिया ३ पटक आमुनेसामुने भएका छन् । जसमा एक पटक स्विडेन विजयी भएको छ भने बाँकी दुई खेल बराबरीमा सकिएको छ ।  

यस्तै आजै हुने दोस्रो खेलमा युरोपेली मुलुक बेल्जियमविरुद्ध दक्षिण अमेरिकी मुलुक पानामा मैदानमा उत्रिदैछ । 

समुह जी मा रहेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राती पौने ९ बजे हुनेछ । आफ्नो पहिलो खेलमा यी दुबै टोली जितको खोजीमा हुनेछन् । 

दुबै देश अहिलेसम्म विश्वकपको सेमिफाइनलसम्म पुग्न सकेका छैनन् । यसपटक यी दुबै टोली लयमा देखिएका छन् ।  

विश्वकप फुटबलको अन्तर्गत आज हुने तेस्रो तथा अन्तिम खेलमा एकपटक विश्व विजेता बनिसकेको इङ्ल्यान्डविरुद्ध ट्युनिसिया मैदानमा उत्रिदैछ । 

२० बर्षपछि पुन विश्वकपमा एकै समुहमा परेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राती पौने १२ बजे  हुनेछ । 

इंग्ल्याण्ड रसिया विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्दै सुखद शुरुवात गर्ने तयारीमा छ भने ट्युनिसियाको इंग्ल्याण्डलाई रोक्ने रणनीति छ ।

अहलेसम्म ट्युनिसिया र इंग्ल्याण्डको २ खेलमा भेट भएको छ । जसमा एक खेल बराबरी भएको छ भने एक खेल इंग्ल्याण्डले जितेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।