शुक्रबार, असार २०, २०८२

काठमाडौं उपत्यकाको निषेध आदेश थप खुकुलो हुने

काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार निषेध आदेशको विषयमा थप छलफल गर्ने भएका छन्।
 |  आइतबार, असार ६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

vianetvianet

काठमाडौं- काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार निषेध आदेशको विषयमा थप छलफल गर्ने भएका छन्। आगामी दिनमा निषेध आदेशलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आज आफूहरूबीच छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौंलाले बताए।

बैठकमा छलफल गरेर निषेध आदेशलाई कसरी वैज्ञानिक र व्यवहारिक बनाउन सकिन्छ भन्ने निश्कर्ष निकालिने उनले बताए। निषेध आदेशपछि कुन-कुन क्षेत्र खुल्न दिने र कति समयसम्म खुल्न दिने भन्नेबारे निर्णय हुने उनले बताए।

उनले अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खुल्ने गरेको बताए। निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दैको त्यसको समय केही अगाडि सार्नेकि भन्ने मनसायमा आफू रहेको उनले जानकारी दिए।

निश्चित समय र मापदण्ड पुरा गरेर कपडा पसल खुलाउने बारे छलफल हुनुका साथै पुस्तक पसल पनि केही लामो समयसम्म खोल्ने विषयमा छलफल जारी रहेको उनले बताए।

कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेध आदेश एक साता थप्ने सीडीओहरूको तयारी छ।  उनले नीजि सवारी साधनमा पनि जोरबिजोर लागू गर्नुपर्ने मानसिकतामा आफूरहेको उनले बताए।

प्रकाशित: Jun 20, 2021| 05:10 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।