काठमाडौं- लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको नेपाल आयल निगमले यसपटक थोरै मूल्य घटाएको छ ।
आइतबार रातीदेखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ र डिजल तथा मट्टितेलमा प्रति लिटर २ रुपैयाँका दरले मूल्य घटाएको हो ।
घटेको मूल्य अनुसार अब पेट्रोल प्रति लिटर १ सय १० रुपैयाँ र डिजल प्रति लिटर ९३ रुपैयाँ पर्नेछ । नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा प्रति लिटर ६२ पैसा र डिजलमा लिटरमा २ रुपैयाँ ४३ पैसा घाटा छ।
इण्डियन आयल कर्पोरेशन (आइओसी)ले जुन १५मा पठाएको मूल्य अनुसार निगमले पेट्रोल र डिजलको मूल्य घटाएको हो। आइओसीले प्रत्येक १५ तारिखमा पेट्रोल,डिजल र मट्टितेलको मूल्य र १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४