बुधबार, चैत ११, २०८२

विश्वकप फुटबल : स्वीट्जरल्याण्डले रोक्यो ब्राजिललाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- विश्वकप फुटबल प्रतियोगिताको जारी समुह चरणको खेलमा उपाधिको प्रवल दावेदार मानिएको ब्राजिल स्वीट्जरल्याण्डसंग बराबरीमा रोकिएको छ । 

समूह ‘ई’ को खेलमा उत्कृष्ट प्रदर्शन गरेको स्वीट्जरल्याण्डले ब्राजिललाई १-१ को बराबरीमा रोकेको हो । खेल बराबरी भएपछि ब्राजिल स्वीट्जरल्याण्डसंग अकं बाड्न बाध्य भयो । दुबै टोलीको खातामा १/१ अंक जम्मा भएको छ । 

खेलको सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले २० औं मिनेटमा अग्रता लिएको थियो । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले गोलपोष्टको जाली चुमाउँदै अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म उनकै गोलले अग्रता लिएको ब्राजिलविरुद्ध स्वीट्जरल्याण्डले खेलको ५० औं मिनेटमा बराबरी गोल फर्कायो । उसकालागि स्टेभन जुबेरले गोल गरेका हुन् । 

पहिलो हाफमा दुबै टिमले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए । खेलको अन्तिम समयमा ब्राजिलले एकपछि अर्को गोल गर्ने अवसर पाएको थियो । तर त्यो अवसरलाई सदुपयोग गर्न ब्राजिलका खेलाडी चुके । खेलमा नेयमारको प्रदर्शन पनि औसत मात्रै देखिन्थ्यो । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।