मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सदस्यता विवादमा नेविसंघले लगायो कांग्रेस कार्यालयमा ताला

सदस्यता विवादमा नेविसंघले लगायो कांग्रेस कार्यालयमा ताला

क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरूले आफू नजिकका व्यक्तिलाई मात्र क्रियाशील सदस्यता दिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिए। बुथबाट सिफारिस गरी पठाएका नामावलीहरुलाई पाखा लगाइएको उनले बताए।  
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

विराटनगर– नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर-४ को कार्यालयमा तालाबन्दी भएको छ। क्षेत्रीय समितिले मनपरी तरिकाले क्रियाशील सदस्यता वितरण गरेको भन्दै आक्रोशित बनेका कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन्।

नेपाल विद्यार्थी संघ पुसेट विराटनगर र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाई विराटनगरले तालाबन्दी गरेको हो। 

क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरूले आफू नजिकका व्यक्तिलाई मात्र क्रियाशील सदस्यता दिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिए। बुथबाट सिफारिस गरी पठाएका नामावलीहरुलाई पाखा लगाइएको उनले बताए।  

कार्यालयमा तलाबन्दी गरेपछि क्षेत्रीय कार्यालयले क्रियाशील सदस्यता वितरणको विषयमा छानबिनका लागि कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति, केन्द्रीय कार्यसमिति र मोरङ जिल्ला कार्यसमितिमा पनि बोधार्थ पठाएको छ।

नेपाल विद्यार्थी संघ पुसेटका सभापति पाश्चर घिमिरे र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङका सभापति मिलन श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता वितरणमा मनोमानी गरिएको भन्दै भर्त्सना गरेका छन्। 
 

प्रकाशित: Jun 18, 2021| 10:58 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।