मंगलबार, भदौ ९, २०८३

गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत

५९ सांसद रहेका गण्डकी प्रदेश सभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरेका थिए। उनको विपक्षमा भने २७ सांसदले मतदान गरेका थिए। मुख्यमन्त्री नेपालीले प्राप्त गरेको उक्त मत विश्वासको मतका लागि आवश्यक भन्दा एक मत बढी हो। 
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

पोखरा- गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्। शुक्रबार प्रदेशसभामा पेस गरेको विश्वासको मतका पक्षमा बहुमत सदस्यले पक्षमा मतदान गरेपछि उनले विश्वासको मत प्राप्त गरेका हुन्। 

५९ सांसद रहेका गण्डकी प्रदेश सभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरेका थिए। उनको विपक्षमा भने २७ सांसदले मतदान गरेका थिए। मुख्यमन्त्री नेपालीले प्राप्त गरेको उक्त मत विश्वासको मतका लागि आवश्यक भन्दा एक मत बढी हो। 

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद खोसिएपछि नेपालीलाई विश्वासको मत लिन ३० सांसद भएपनि पुग्थ्यो। तर उनले ३१ मत पाएका हुन्।

अघिल्लो पटक तत्कालीन विपक्षी गठबन्धन (हालका मुख्यमन्त्री)का पक्षमा मतदान नगरेपछि जनमोर्चाले सांसद कृष्ण थापालाई कारबाही गरेको थियो। उनको कारबाहीले पोखरेल समूहलाई सहज बनाएको हो।

सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाए। एकल विपक्षी एमालेका २७ सांसदले विपक्षमा मतदान गरेका हुन्।

प्रकाशित: Jun 18, 2021| 10:45 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।