सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनसीसी बैंकले संस्थापक समूहअन्तर्गतको शेयर बिक्री गर्दै

एनसीसी बैंकले संस्थापक समूहअन्तर्गतको शेयर बिक्री गर्दै

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको ९ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ। 
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको ९ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको बैंकको संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १४० रूपैयाँ तोकिएको छ। 

संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक हजार कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ।

संस्थापक शेयर खरिदका लागि असार २ देखि असार १६ गतेसम्म आवेदन दिन सकिने छ।  यसको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ।

प्रकाशित: Jun 18, 2021| 05:55 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्