सोमबार, असोज १९, २०८३

आज पनि घट्यो सुनको मूल्य

केही दिन यता नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रममा छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- केही दिन यता नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रममा छ। शुक्रबार पनि सुनको मूल्य १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ।

महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८०० पुगेको छ। बिहीबार पनि सुन तोलामा ११ सय रुपैयाँले घटेको थियो।

महासंघका अनुसार तेजाबी सुनको मूल्यसमेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि घटिरहेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३०५ रुपैयाँमा कायम भएको छ।

प्रकाशित: Jun 18, 2021| 05:35 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्