सोमबार, असार २९, २०८३

शुरु भयो डिजिटल भिडियो सेवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–प्रभु समुहले नेपाल मै पहिलो पटक डिजिटल भिडियो प्रशारण सेवा शुरु गरेको छ । टीभी हेराईको दुनियाँमा एक नयाँ प्रयास भएको प्रभु समुहले जनाएका छ । डीभीबी–टीटू  कल साइन प्रविधिमार्फत विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय च्यानल प्रशारण हुनेछ ।    ओटीटी प्रविधि मार्फत मोबाइल, ल्यापटप, ट्याब्लेटमार्फत पनि यो टीभी हेर्न सकिनेछ ।

कार्यक्रमको सुरुवात गर्दै प्रभु समुहका अध्यक्ष श्रीदेवी प्रकाश भट्टचनले यो टीभीले आम सर्वसाधारणको मन जित्ने दाबी गरे । यो टीभीले बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन र सुचनामुलक क्षेत्रलाई समेटेर एचडी क्वालिटीमा प्रसारण गर्नेछ ।



बेग्ला बेग्लै प्याकेज

ग्राहकहरूको सुविधालाई मध्य नजर गर्दै विभिन्न प्रारम्भिक प्याकेजको व्यवस्था गरिएको छ । एकल प्रयोगकर्ताको हकमा छ महिनाक शुल्क एक हजार ६ सय तथा सेटअप बक्सको मूल्य एक हजार रुपैयाँ छ । त्यस्तै संस्थागत प्रयोगकर्ताका लागि मासिक दुई सय र सेटअफबस्कको लाग आठसय रुपैयाँ पर्नेछ ।

हाल काठमाण्डौँ , चितवन र पोखरामा प्रभु टीभीको सेवा उपलब्ध हुनेछन् । यो समूहले चाँडै नै पूर्वाञ्चल क्षेत्र, बुटवल, नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रमा पनि सेवा विस्तार गरिने भट्टचनले बताए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्