सोमबार, असार २९, २०८३

विश्वकपमा आजः जर्मनी र ब्राजिलले मार्लान बाजी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- विश्वकप फुटवलमा आइतबार तीनवटा खेल हुँदैछन् । समुहचरण अन्तर्गतको आजको पहिलो खेलमा  सर्विया र कोष्टारिका भिड्दैछन् । 

यो खेल नेपाली समय अनुसार बेलका पौने ६ बजे सामरा शहरको सामरा एरिना रङ्गशालामा हुनेछ । दुबै टोलीलाई विश्वकपमा औसत टिमको रुपमा लिइन्छ । 

यस्तै आजै हुने दोस्रो खेलमा लेटिन अमेरिकी मुलुक मेक्सिकोविरुद्ध चार पटकको विश्व विजेता जर्मनी मैदानमा उत्रिदैछ । खेल मस्कोको लुझ्निकी रंगशालामा वेलुकी पौने ९ बजे सुरु हुनेछ ।

खेलमा जर्मनी सहज जित हात पार्दै विश्वकप यात्राको सुरुवात सुखद बनाउने तयारीमा छ भने मेक्सिको उसलाई रोक्ने रणनीतिमा छ । 

यस्तै आजै हुने तेस्रो खेलमा फुटवलको पावर हाउस मानिने ब्राजिल र स्विट्जरल्याण्ड भिड्नेछन् ।

विश्वकपको दावेदार मानिएको ब्राजिल र स्विट्जरल्याण्डबीचको खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । खेल रोस्तोभ एरिनामा हुनेछ । 

फिफा वरियताको छैटौं स्थानमा रहेको स्विट्जरल्यान्ड र दोस्रो स्थानमा रहेको ब्राजिलबीचको खेल पनि प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । ब्राजिल जित हात पार्दै खेलमा आफ्नो प्रभाव देखाउने तयारीमा छ भने स्विट्जरल्यान्ड उसलाई रोक्ने रणनीतिमा हुनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।