पोखरा- कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाका बासिन्दाहरूको आम्दानीको रुपमा भोटे कुकुरको पहिचान, उत्पादन र बिक्री वितरणलाई प्राथमिकता दिएको छ। गाउँपालिकाले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यो कार्यक्रममा भोटे कुकुरको उत्पादन गरी बिक्री गर्न प्रोत्साहन गरिने उल्लेख छ।
गाउँपालिका प्रमुख युवराज कुँवरले कुकुरहरुमा विषेश पहिचान भएको स्वर र सुरक्षाका दृष्टिले समेत अब्बल रहेको कुकुर यस गाउँपालिकाको उपल्लो भेकहरुमा पाइने भएकाले यसको उत्पादन र बिक्री गर्ने लक्ष्य लिइएको छ।
नीति तथा कार्यक्रममा उक्त जातको कुकुरको लगत अद्यावधिक गर्ने, संरक्षण गर्ने र छाउराहरु उत्पादन गरी बिक्री वितरण गरी आय आर्जन उत्प्रेरित गर्ने कार्यक्रम समावेश गरिएको उनले उल्लेख गरे।
कुँवरले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अन्तर्गत पशु विकास कार्यक्रममा यो योजनालाई समावेश गरिएको हो। यसका साथै गाउँपालिकाले एक कृषक एक दुहुनो गाई/भैंसी अभियान पनि सञ्चालन गर्ने भएको छ।