बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकहरूले आवश्यकताअनुसार शाखा खोल्न सक्छन् : राष्ट्र बैंक

बैंकहरूले आवश्यकताअनुसार शाखा खोल्न सक्छन् : राष्ट्र बैंक

यसअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरुले काठमाडौंमा बढीमा ३, ललितपुरमा २ र भक्तपुरमा १ शाखाबाट मात्र सेवा प्रवाह गर्न निर्देशन दिएको थियो। यस्तै विकास बैंकहरुले ५ र फाइनान्सले ३ शाखा खोल्न पाएका थिए। पछिल्लो व्यवस्थासँगै उक्त व्यवस्था समेत खारेज भएको छ। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाले आवश्यकताअनुसार शाखा खोल्न पाउने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय कम्पनीहरुलाई निश्चित संख्यामा मात्रै शाखा खोल्नुपर्ने यसअघिको व्यवस्थालाई खारेज गर्दै अब आवश्यकताअनुसार शाखा खोल्न सकिने राष्ट्र बैंकले व्यवस्था गरेको हो। 

यसअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरुले काठमाडौंमा बढीमा ३, ललितपुरमा २ र भक्तपुरमा १ शाखाबाट मात्र सेवा प्रवाह गर्न निर्देशन दिएको थियो। यस्तै विकास बैंकहरुले ५ र फाइनान्सले ३ शाखा खोल्न पाएका थिए। पछिल्लो व्यवस्थासँगै उक्त व्यवस्था समेत खारेज भएको छ। 

तर सबै बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्डहरूको भने पूर्ण कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेक छ। तर सकेसम्म कम कर्मचारीबाट काम सञ्चालन गर्नुपर्ने उल्लेख छ। 
 
प्रकाशित: Jun 14, 2021| 10:55 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्