बुधबार, चैत ११, २०८२

अत्मघाति गोल उपहार पाएपछि क्रोएशिया विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकप फुटबल अन्‍तर्गत समुह 'डी'को दोस्रो खेलमा क्रोएशिया विजयी भएको  छ । आत्माघाति गोलको उपहार पाएको क्रोएशियाले नाइजेरियालाई २-० गोल अन्तरले पराजित गरेको हो । 

कालिनिग्राद स्टेडियममा भएको खेलको ३२ औं मिनेटमा नाइजेरियाका एटेबोले आत्माघाति गोल गरेका थिए । क्रोएशियाको मोजुकिचले गरेको हेडिङलाई बचाउन खोज्दा एटेबोले बललाई आफ्नै गोलपोष्टमा छिराएका हुन् ।

यस्तै खेलको ७१ औं मिनेटमा क्रोएशिया लुका मोड्रिचले पेनाल्टीमार्फत गोल गरे । नाइजेरियाका खेलाडी विलियम इकोकले डिवक्सभित्र लुकालाई लडाएपछि रेफ्रिले पेनाल्टि दिएका थिए । जसलाई सलुपयोग गर्दै क्रोयशिया २-० ले विजयी भयो ।

खेलमा ४७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको नाइजेरियाले १४ पटकसम्म गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । 

जितसंगै क्रोएशियाले महत्वपूर्ण तीन अंक जोडेको छ । आइसल्यान्डसंग अर्जेन्टिनाले बराबरी खेलेर एक एक अंक बाड्दा क्रोयशिया ३ अंक सहित समुहको शीर्ष स्थानमा रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।