सोमबार, असार २९, २०८३

पेरु पेनाल्टिमा चुक्दा डेनमार्क विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विश्वकप फुटवलअन्तर्गत समुह 'सी'को दोस्रो खेलमा खेलमा पेरु डेनमार्कसंग पराजित भएको छ । पेनाल्टि समेत मिस गरेपछि पेरु डेनमार्कसंग १-० गोल अन्तरले पराजित भएको हो । 

तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेपनि पेरुका कुनैपनि खेलाडीले गोलपोष्टमा बल छिराउन सकेनन् । कतिसम्म भने खेलको ४५ औँ मिनेटमा पाएको पेनाल्टिमा समेत पेरु चुक्यो ।

पेरुको गोल गर्ने कमजोर क्षमताको फाइदा उठाउँदै डेनमार्कका लागि युसुफ पउलसेनले खेलको ५९ औँ मिनेटमा गोल गरे । यो गोल नै खेलको एकमात्र गोल हो भने डेनमार्कलाई जिताउन प्रयाप्त बन्यो । 

जितसंगै डेनमार्क ३ अंक जोड्न सफल भएको  छ। समुह 'सी' मा रहेकाे पेरुले अर्को खेल फ्रान्सविरुद्ध र डेनमार्कले अर्को खेल अष्ट्रेलियाविरुद्ध आगामी बिहीबार खेल्ने तालिका छ। 

शनिबार भएको पहिलो खेलमा फ्रान्स २१ले अष्ट्रेलियासँग विजयी भएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनाले आइसल्यान्डसँग एक एक गोलको बराबरी खेलेर अंक बाँडेको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।