काठमाडौं- अर्जेन्टिना र आइसल्यान्डबीचको खेल एक एक गोलको बराबरीमा सकिएको छ । खेलको फस्ट हाफ एक एक गोलको बराबरीमा सकिपछि दोस्रो हाफमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् ।
आइसल्यान्डले १-१ गोलको बराबरीमा रोकेसँगै अर्जेन्टिनासँग समान एकएक अंक बाँडेको छ । आइसल्यान्डले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १-१ को बराबरीमा रोकेको थियो ।
पहिलो पटक विश्वकपमा प्रवेश गरेको आइसल्याण्डले विश्वका चर्चित खेलाडी सम्मिलित अर्जेन्टिनालार्इ मेहनतका साथ बराबरीमा रोकेको छ । शनिबारको खेलमा मेस्सीले पाएको पेनाल्टीको अवसर चुकाउनु, अरु बेला पाएका अवसरलार्इ सदुपयोग गर्न नसक्नु अर्जेन्टिनाका लागि दु:खद रह्यो ।
पहिलो हाफको १९ औ मिनेटमा एक गोलको अग्रता लिएको अर्जेन्टिनाविरुद्ध चार मिनेट बित्न नपाउँदै आइसल्यान्डले गोल गर्दै खेललार्इ बराबरी बनाएको थियो ।
पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डविरुद्ध अर्जेन्टिनाले सुरुवाति अग्रता लिएको थियो । सर्जिओ एग्युरोले १९ औ मिनेटमा पहिलो गोल गरे । अर्जेन्टिनाले एक गोलको अग्रता लिएको चार मिनेट पुग्न नपाउँदै आइसल्यान्डले अर्को गोल गरेका थिए ।
आइसल्याण्डका लागि अल्फ्रेड फिन्बोगासनले बराबरी गोल फर्काएका थिए । खेलको २३औं मिनेटमा अल्फ्रेडले गरेको गोलले आइसल्यान्ड र अर्जेन्टिना १-१ को बराबरीमा पुर्याएको थियो ।
अर्जेन्टिनाका विश्वचर्चित खेलाडी मेस्सीले पाएका अवसरको सदुपयोग गर्न नसक्दा दबाबपूर्ण खेल खेलेको अर्जेन्टिना बराबरीमै चित्त बुझाउन बाध्य भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४