काठमाडौं- अर्जेन्टिनाली खेलाडी लियोनल मेस्सीले पेनाल्टी मिस गर्नु अर्जेन्टिनाकै लागि घातक बनेको छ । उनले यो पेनाल्टीलार्इ सदुपयोग गर्न सकेको भए खेलमा अर्जेन्टिनाको अग्रता रहन्थ्यो । खेलमा अर्जेन्टिना हावी भएपनि प्राप्त अवसरको सदुपयोग गर्न सकेको छैन । यो मिसले अर्जेन्टिनाले आाइसल्याण्डविरुद्ध झट्का ब्यहोरेको छ।
खेलको ६३ औ मिनेटमा आाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलार्इ लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन। बायाँ तर्फ मेस्सीले प्रहार गरेको पेनाल्टीलार्इ आाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले सुन्दर बचाउ गरेका थिए।
यसअघि पहिलो हाफमा दुबै टोलीले १-१ गोल गरेका थिए। सर्जियो अग्युरोको गोलमा आाइसल्याण्डमाथि अर्जेन्टिनाले सुरुवाती अग्रता दिलाएको चार मिनेटमै आइसल्याण्डले बराबरी गोल फर्काएको थियो।
अब इन्जुरी समय मात्र बाँकी छ । अन्तराष्ट्रिय खेलबा६ सन्यास लिने घोषणा गरेका मेस्सीका लागि अवको केही मिनेट निक्कै महत्वपूर्ण हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४