बुधबार, चैत ११, २०८२

अर्जेन्टिना र आइसल्यान्डबीच भिडन्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं । विश्वकप फुटबल २०१८ अन्तर्गत समूह डीको अर्जेन्टिना र आइसल्यान्डबीचको खेल शुरु भएको छ । पौने सात बजे शुरु भएको खेलमा अर्जेन्टिनाका कप्तान मेस्सी प्रमुख आकर्षणका रुपमा लिइएको छ ।

खेल मस्कोको स्पार्टक स्टेडियममा शुरु भएको छ । यो खेल मैदानको प्याराफिटमा दर्शकको सीट क्षमता ४५ हजार रहेको छ ।

२०१४ को विश्वकप उपविजेता रहेको अर्जेन्टिनाका लागि उसका गोलकिपर रोमेरो र मिडफिल्डर म्यानुयल लान्जिनी घाइते रहेका छन् । शनिबारको खेलमा अग्रपंक्तिमा मेस्सीलाई डि मारिया, गोन्जालो हिग्वाइन र म्याक्सी मेजाको साथ रहने छ ।

अर्को तर्फ, युरोकप २०१६ मा सोचेभन्दा निकै उत्कृष्ट प्रदर्शन गरेको आइसल्यान्ड सोही प्रदर्शन विश्वकपमा दोहोर्‍याउन चाहन्छ । आइसल्यान्डका लागि मिडफिल्डर गिल्फी सिगर्डसनको फिटनेस मुख्य चासोको विषय हुने छ ।

अर्जेन्टिनाको विश्वकप यात्रा
अर्जेन्टिनाले निकै कठिन परिस्थितिमा गुज्रिएर रसिया विश्वकपको टिकट काटेको थियो। दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना अन्तिम खेलमा जित हात पार्दै विश्वकपमा छनोट भएको हो। अन्तिम खेलमा इक्वेडरलाई ३-१ ले हराएर पेरूलाई प्लेअफमा पठाउँदै अर्जेन्टिना रसिया विश्वकपमा सोझै छनोट भएको हो। छनोट चरणमा संघर्षपूर्ण यात्रा तय गरेर रसिया पुगे पनि अर्जेन्टिनाले आफ्नो खेलमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ। स्टार खेलाडीले भरिएको अर्जेन्टिनाको पछिल्ला प्रदर्शनले दर्शकलाई निकै निराश बनाएको थियो।

मुख्यतः लियोनेल मेसीमाथि भर पर्दा टिमका अन्य खेलाडीको प्रदर्शन ओझेलमा पनि परेको छ। आफ्नो क्षमताअनुसार प्रदर्शन गरे अर्जेन्टिना यस समूहबाट सजिलै दोस्रो चरणमा पुग्न सक्छ अन्यथा आइसल्यान्ड र नाइजेरियाको ‘सरप्राइज फ्याक्टर’को शिकार अर्जेन्टिना हुन सक्दछ।

आइसल्यान्ड विश्वकप यात्रा
युरोपियन क्षेत्रको समूह ‘आई’ को शीर्ष स्थानमा रहँदै आइसल्यान्डले विश्वकप यात्रा तय गरेको हो। क्रोसिया र टर्कीलाई पछि पार्दै आइसल्यान्ड समूह विजेता भएको थियो। त्यस क्रममा आइसल्यान्डले १८ खेलमा ३ खेल मात्रै हारेको थियो। गत युरोकपमा इंग्ल्यान्ड र अस्ट्रियालाई पराजित गरेर क्वार्टरफाइनलसम्म पुगेको आइसल्यान्ड ठूलो ‘सरप्राइज’दिने क्षमता राख्ने टिम हो। युरोपको थोरै जनसंख्या भएको यो देशले आगामी विश्वकपमा पनि ठूलो उलटफेर ल्याउने अनुमान सबैले गरेका छन्।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।