सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • घटेन संक्रमण दर, विज्ञ भन्छन्- निषेध आदेश खुकुलो पारे झन् भयावह हुन्छ

घटेन संक्रमण दर, विज्ञ भन्छन्- निषेध आदेश खुकुलो पारे झन् भयावह हुन्छ

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभरि लकडाउन हुँदा पनि कोरोना संक्रमणदर उस्तै रहनु चिन्ताजनक रहेको चिकित्सकहरु बताउँछन्।
 |  शुक्रबार, जेठ २८, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, जेठ २८, २०७८

vianetvianet

काठमाडौं- पछिल्लो दुईसाता कोभिड-१९ संक्रमण दर घट्न थालेको छ। झण्डै ५० प्रतिशतसम्म पुगेको संक्रमण पछिल्लो एकसाता यता संक्रमणदर २५ देखि ३० को हाराहारीमा छ।

triton college

तर संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभरि लकडाउन हुँदा पनि कोरोना संक्रमणदर उस्तै रहनु चिन्ताजनक रहेको चिकित्सकहरु बताउँछन्। गत वर्ष कोरोना संक्रमणको पहिलो चरणमा कार्तिक ५ गते सबैभन्दा धेरै एकैदिनमा ५ हजार ७४३ कोरोना संक्रमण पुष्टि भएको थियो। पहिलो लहरमा करिब ३५ प्रतिशतसम्म पुगेको कोरोना संक्रमणदर यसपटक झण्डै ५० प्रतिशतसम्म पुगेको थियो। दोस्रो लहरमा सबैभन्दा धेरै वैशाख २८ गते ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो। भने वैशाख २७ गते ५० प्रतिशतभन्दा धेरै संक्रमणदर पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल फैलिएका तीनवटा भेरिअन्टमध्ये बी.१.६१७.२ भेरिएन्ट मुख्यरूपमा फैलिएको छ। तुलनात्मक रुपमा बढी संक्रामक देखिएको उक्त भेरिएन्ट गत वर्ष भारतमा सबैभन्दा पहिला पुष्टि भएको थियो। 

पछिल्लो समय संक्रमणदर एउटै सतहमा रहेको छ। संक्रमण दर स्थिर अवस्थामा रहनुको कारण निषेधाज्ञा कडा हुन नसकेको स्वास्थ्य अधिकारीहरू गुनासो गर्छन्। 

संक्रमणदर घट्दै गएकाले अस्पतालमा शय्या पाउन त्यति सकस छैन तर आईसीयू तथा भेन्टिलेटर भने अझै सहज रुपमा बिरामीले पाउन सकेका छैनन्। संक्रमितहरु आईसीयू तथा भेन्टिलेटरमा लामो समयसम्म बस्नुपरेको अवस्था छ। 

National life insurance

कोभिड युनिफाइड अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतम भन्छन्, ‘अहिले संक्रमणदर घटेको छ। तर आशा गरेझै घट्न सकेको छैन। जुन रफ्तारमा कोरोना संक्रमणदर बढेको थियो त्योअनुसार घट्न सकेको छैन।’ 

लकडाउन भएको डेढ महिना हुँदा पनि कोरोना संक्रमणदर कम हुन नसक्नुको कारण डा. गौतम भन्छन्, ‘अहिले एक परिवारबाट अर्को परिवारमा सर्ने संक्रमण कम भएको छ तर परिवारभित्रै कोरोना संक्रमण कम भएको छैन। परिवारका एक सदस्यलाई संक्रमण हुँदा अरुमा पनि संक्रमण भएको छ त्यसैले पनि संक्रमण कम हुन सकेको छैन।’ 

अर्कोतर्फ एयरलाइन्सबाट आउने मानिस कम भयो तर स्थलमार्गबाट आउजाउ गर्ने मानिसको संख्या कम नहुँदा पनि संक्रमणदर घट्न गाह्रो भएको छ। डा. गौतमका अनुसार अहिले धेरै लक्षण भएका, अस्पताल पुगेका मानिसहरुलाई मात्र परीक्षण गर्दा पनि संक्रमणदर धेरै देखिएको हो। समुदायस्तरमा परीक्षण गर्ने हो भने संक्रमणदर कम देखिन्छ। संक्रमणदर घट्ने क्रममा रहेको उनले बताए। 

संक्रमण घट्दो क्रममा छ तर लकडाउन खुल्दा फेरि अर्को दुर्घटना हुनसक्ने डा. गौतम बताउँछन्। डा. गौतमका अनुसार पहिलो चरणमा उच्च संक्रमणदर भएको बेला र अहिलेको घटेको भनिएको यो समय उस्तैउस्तै देखिन्छ। त्यसैले तत्काल लकडाउन खोल्दा अर्को दुर्घटना हुने सम्भावना हुन्छ –डा. गौतमले भने। अहिले लकडाउन खोल्दा फेरि संक्रमण बढ्न सक्ने र तेस्रो लहरलाई सघाउने डा. गौतम बताउँछन्।

संक्रमण दर आशालाग्दो तरिकाले नघटेकाले जोखिम बाँकी नै रहेको विज्ञहरु बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी भन्छन्, ‘कोरोना संक्रमणदर ५ प्रतिशतभन्दा तल झार्न सकियो भने कोरोना रोकथाममा सहज हुन्छ। त्यस्तो अवस्थामा छुट्टाछ्ट्टै ठाउँमा फरकफरक रणनीतिअनुसार काम गर्न सहज हुन्छ। डा. अधिकारी भन्छन् ‘जनस्वास्थ्य मापदण्डमा कडाइ गर्नु नै कोरोना रोकथामको प्रमुख उपाय हो।’ खोप नलगाएका र संक्रमित नभएका व्यक्तिहरु अझै ठूलो संख्यामा रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्नु उत्तम उपाए भएको उनी बताउँछन्। 

के भन्छन् विज्ञ?
पछिल्लो समय संक्रमण हुनेको संख्या केही घट्न थालेको देखिए पनि संक्रमण फैलिने क्रम खासै रोकिएको छैन। दुई साता पहिलाको भन्दा संक्रमणदर दर केही घटेको छ तर परिवारभित्रै संक्रमण फैलिरहेको छ। कोरोनाभाइरसको पहिलो लहरका बेला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्व गरेका डा. वासुदेव पाण्डे भन्छन्, ‘केही दिनयता संक्रमणको प्रवृति हेर्दा केही घट्न थालेको हो कि जस्तो देखिन्छ। तर परीक्षण नै कम गरेको हो कि भन्ने पनि छ। लक्षण नभएका मानिसमा परीक्षण नै भएको छैन त्यसैले यसको वैज्ञानिक कारण खोज्न जरुरी छ।’

‘एउटा बिन्दुमा पुगेपछि सरकारले लकडाउन हटाउँछ। तर लकडाउन हटाउने समयमा समुदायमा संक्रमण फैलिन नदिने कामहरू नगरिएसम्म रोकथाम तथा नियन्त्रण गर्न सकिँदैन’, डा. पाण्डे भन्छन्, ‘रोकथामका लागि अहिले कन्ट्याक्ट ट्रेसिङ छोडिएको छ तर ट्रेसिङ छोड्न हुँदैन। संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक कदम नै मुख्य एउटा पाटो हो।’

लकडाउनसँगै कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र संक्रमितलाई आइसोलेसनमा राख्ने कार्यलाई निरन्तरता दिन डा. पाण्डेको सुझाव छ। पहिलो लहर ‘पिक’मा हुँदाको समयमा करिब ३५ प्रतिशत कोरोना संक्रमण पुगेकोमा यसपटक कोरोना संक्रमण कम हुँदा पनि ३० प्रतिशतको हाराहारीमा घुमिरहँदा अहिले नै लकडाउन खोल्न नहुने विज्ञहरु बताउँछन्। दुई तिहाइभन्दा बढी जनसंख्याले कोभिडविरुद्धको खोप नलगाएसम्म र सबै मानिसले जनस्वास्थ्य मापदण्डमा हेलचक्र्याइँ गरे संक्रमण पुनः विस्तार हुँदै जाने उनी बताउँछन्। 

मृत्युदर कहिले घट्ला? 
संक्रमणदर दर घट्न थाल्दैमा सोही समयमा मृत्युदर घट्न नसक्ने विज्ञहरू बताउँछन्। पहिला संक्रमणदर घट्छ र संक्रमणदर बढ्न दिइएन भनेमात्रै विस्तारै मृत्युदर घट्न थाल्छ। 

‘संक्रमणको दर ओरालो लाग्न थाल्यो भने पनि त्यसको केही समयपछाडि मात्रै मृत्युदर घट्न थाल्छ’, डा. पाण्डे भन्छन्, संक्रमण दर घटेको केही समयसम्म मृत्युदर घट्दैन, किनकी आईसीयू र भेन्टिलेरमा बिरामीहरु लामो समयसम्म उपचाररत हुन्छन्। भेन्टिलेटरमा पुगेका मानिसहरु फर्कन निकै गाह्रो देखिएको छ त्यसैले मृत्युदर घट्न समय लाग्छ।’ 

मृत्युदरमा उल्लेख्य सुधार हुन अझै बाँकी छ, डा. पाण्डेले भने, ‘संक्रमण दरमा भने सुधारोन्मुख देखिएको छ तर मृत्युदर घट्न अझै केही समय लाग्नसक्छ। 

प्रकाशित: Jun 11, 2021| 13:35 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।