शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको दाबी पेस [३१ सांसदको हस्ताक्षरसहित]

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको दाबी पेस [३१ सांसदको हस्ताक्षरसहित]

विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको दाबी पेस गरेका छन्।
 |  शुक्रबार, जेठ २८, २०७८

विभु भुसाल

विभु भुसाल

शुक्रबार, जेठ २८, २०७८

पोखरा– नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको दाबी पेस गरेका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष मुख्यमन्त्रीको रुपमा विश्वासको मत लिन आवश्यक पर्ने ३१ सांसदको हस्ताक्षर र सांसद सहित नेपालीले दाबी पेस गरेका हुन्। 

National life

उनको दाबीमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सांसदको हस्ताक्षर छ। नेपाली सबै हस्ताक्षरकर्तासहित प्रदेश प्रमुख निवासमा साँझ साढे ५ बजे पुगेका थिए। 

यसअघि प्रदेश प्रमुख पौडेलले संविधानको धारत १६८ (५) बमोजिम बहुमत प्राप्त सांसदलाई नयाँ सरकार बनाउन २४ घण्टे समयसीमा दिएकी थिइन्। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभाबाट विश्वास गुमाएपछि उनले नयाँ सरकारको आह्वान गरेकी हुन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 11, 2021| 12:15 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।