काठमाडौं– कृषि तथा भूमि व्यवस्था मन्त्री चक्रपाणि खनालले चुरे शृंखलामा बसेका बस्ती हटाउन सरकारले छलफल थालेको बताएका छन् ।
‘दी हिमालयन इनिसिएटिभ पोलिसी स्टडिज’ले राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले चुरेलाई जंगलमा परिणत गर्ने योजनासहित सरकार अगाडि बढेको बताए । भू–उपयोग नीति सरकारले चाँडै ल्याउने तयारी गरेको बताउँदै अब जमिनमा कुनै पनि प्रकारको समस्या हुन नदिने दाबी गरे ।
जमिनलाई चार भागमा वर्गीकरण गर्ने, कृषियोग्य, औद्योगिक, बस्ती, आवास क्षेत्र र जंगलका रूपमा विभाजन गर्ने बताए । जमिनको क्यान्सरको रूपमा रहेको गुठीलाई सरकारले खारेज गर्ने विषयमा छलफल थालेको पनि मन्त्री खनालले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४