सोमबार, भदौ ८, २०८३

गण्डकीमा सरकार गठनका लागि २४ घण्टाको समयसीमा

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी छन्।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

पोखरा– गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी छन्। पौडेलले संसद्मा कायम रहेका सदस्यलाई २४ घण्टाको समय दिएर नयाँ सरकारका लागि आह्वान गरेकी हुन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत प्राप्त गर्न नसकेका कारण वैकल्पिक सरकार गठन गर्ने बाटो खुला भएको हो। 

गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेको पत्र औपचारिक रुपमा संसद सचिवालयले शुक्रबार मात्र प्रदेश प्रमुखलाई दिएको थियो। संसद् सचिवालयको पत्र प्राप्त भएलगत्तै प्रदेश प्रमुख पौडेलले नेपालको संविधान २०७२ को धारा १६८ उपधारा ५ अनुसारको सरकार गठनका लागि २४ सयम दिएर आह्वान गरेकी हुन्।  अब भोलि दिउँसो ३ बजेसम्म वैकल्पिक सरकारको दाबी गर्न सकिनेछ।

प्रदेशसभामा बिहीबार मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावका पक्षमा २७ मत पपरेको थियो। विपक्षमा भने ३० मत परेको थियो।गुरुङ सरकारमा मन्त्री रहेका दीपक मनाङे नै मुख्यमन्त्रीलाई भोट हाल्न गएनन्। जनमोर्चाले कारबाही गरेका सांसद कृष्ण थापाले कतै पनि मत हालेनन्।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ। कांग्रेस, माओवादी, जनमोर्चा र जसपाले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा यस अघि नै प्रस्ताव गरिसकेका छन्। तीन सदस्य रहे जनमोर्चा भने सरकारमा सामेल हुने छैन। अर्कोतर्फ शुक्रबार नै जनमोर्चा संसदीय दलले सांसद कृष्ण थापालाई सदस्यबाट हटाएको छ। 

पहिलोपटक २०७४ फागुन ४ मा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बाले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने चाल पाएपछि वैशाख २ गते प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए। अविश्वासको प्रस्ताव दर्तासहित विशेष अधिवेशन विपक्षीले मागेपछि वैशाख २६ मा गुरुङले राजीनामा दिएका थिए। उनली वैशाख २९ मा फेरि मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: Jun 11, 2021| 09:53 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।