पाँचथर- पाँचथर जिल्लाको हलिहाङ गाउँपालिकामा फलामको पाइप लागेर एक जनाको मृत्यु भएको छ।
गाउँपालिका–१ स्थित काबेली जलविद्युत आयोजनामा काम गरिरहेका गुल्मी जिल्ला सत्यावति गाउँपालिका–२ का २८ वर्षीय मोहन राहहदी मगरको फलामको पाइप लागेर मृत्यु भएको हो।
बा ३ क ३८४५ नम्बरको क्रेनले फलामको पाइप उठाउने क्रममा क्रेनको साङ्लो चुडिन गई फलामको पाइपले लागेर मगरको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले क्रेन चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।