सोमबार, भदौ ८, २०८३

नागरिक सडकमा आउनुको विकल्प छैन : थापा

नेपाली कांग्रेसका नेता गगन थापाले निषेध आदेशका बेला सरकारले फाइदा उठाउने प्रपञ्च गरेपछि सचेत नागरिक सडकमा आउनुको विकल्प नहुने बताएका छन्।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले निषेध आदेशका बेला सरकारले फाइदा उठाउने प्रपञ्च गरेपछि सचेत नागरिक सडकमा आउनुको विकल्प नहुने बताएका छन्।

नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत १८ जना बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू बालुवाटारबाट आज पक्राउ परेपछि नेता थापाले कोरोना महामारीले निम्त्याएको परिस्थितिमा सरकारले फाइदा उठाउन खोजे नागरिकले प्रतिरोध गर्ने संकेत गरेका हुन्।

सरकारले निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको विरोधमा अभियन्ताहरू विरोधमा उत्रिएका छन्। ‘निषेधाज्ञा उल्लंघन गरेर सडकमा आउनु गलत हो। तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै ,कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गर्छ, देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन,’ थापाले ट्वीट गर्दै भनेका छन्।

निषेधाज्ञा उलंघन गरेको भन्दै वाग्लेसहित प्रदर्शनमा उत्रेका १८ नागरिकलाई बालुवाटारबाट पक्रेर प्रहरीले कमलपोखरीस्थित प्रहरी वृत्तमा राखेको छ।

प्रकाशित: Jun 11, 2021| 09:11 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।