सोमबार, भदौ ८, २०८३

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु, दुई बेपत्ता

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

जनकपुरधाम– धनुषामा पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको छ। मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर शुक्रबार पाँच जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। 

मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चान्दनी ठाकुर, १२ वर्षीया ललिता साह तेली रहेको प्रहरी उपरीक्षक रानाभाटले बताए। उनले पोखरीबाट पाँच जनाको शव निकालिए पनि दुई जनाको खोजी भइरहेको बताए।

रानाभाटले भने, ‘पोडी खेल्ने क्रममा डुबेर मृत्यु भएको खबर पाउनासाथ प्रहरी जाँदा ५ जना बालिकाको शव निकालेका हौं। दुई जना बेपत्ता छन्। उनीहरु पोखरीबाट गाउँ गए अथवा पोखरीमै रहेको त्यसको यकिन हुन सकेको छैन।’ 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा रहेको रानाभाटले बताए।

प्रकाशित: Jun 11, 2021| 08:55 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।