धनगढी- धनगढीमा सञ्चालन भएको रक्तदान अभियानमा २५२ पिन्ट रगत संकलन भएको छ।
धनगढी उपमहानगरपालिका-५ हसनपुरमा रहेको आदर्श नव युवा क्लवले २० दिनसम्म सञ्चालन गरेको रक्तदान अभियानमा २५२ पिन्ट रगत संकलन भएको हो।
धनगढी उप-महानगरपालिकासँगको सहकार्यमा उप-महानगर १९ वडामा रक्तदान अभियान सञ्चालन गरेको क्लबका अध्यक्ष निराजन खड्काले बताए।
कोभिड-१९ को दोस्रो भेरियन्टसँगै अस्पतालमा बिरामीको चाप बढिरहेको अवस्थामा रगतको अभाव हुन नदिन रक्तदान अभियान सञ्चालन गरेको उनले बताए।