बुधबार, चैत ११, २०८२

फ्रान्स र अस्ट्रेलियाबीचको खेल शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकपमा शनिबारको पहिलो खेल शुरु भएको छ । रुसको कजानस्थित कजान एरेनामा जारी खेलमा दुवै टोली जीत दर्ताका लागि मैदान उत्रिएका छन् ।

सन् २०१६ को युरोकपको उपविजेता फ्रान्स समूह सीको पहिलो खेलबाटै विजय यात्रा शुरु गर्ने दाउमा छ भने अस्ट्रेलिया पनि आफूलाई विश्वकपमा सुरक्षित पार्न फ्रान्समाथि विजयी हुने रणनीति अपनाएको छ ।

३२ टिम सहभागी खेलमा फ्रान्सले विश्वकप यात्रा सहजै हात पारेको हो । फ्रान्सले एक मात्र हार बेहोरेर विश्वकपसम्म आइपुगेको हो भने अस्ट्रेलियाले विश्वकपको यात्राका लागि निकै संघर्ष गर्नुपरेको थियो । फ्रान्स अन्तिम १२ मा तीन पटकसम्म पगेको थियो भने सन् १९९८ को विजेता हो ।


फ्रान्सले विश्वकपको पहिलो उपाधि सन् १९९८ मा ब्राजिललाई ३-० गोलअन्तरले पराजित गर्दै हात पारेको थियो ।

फ्रान्स र अस्ट्रेलिया यसअघि चार पटकसम्म आमनेसामन भएका छन् । चारमध्ये एक पटक अस्ट्रेलियाले जित हात पारेकाे छ भने तीन पटक फ्रान्सले जित हात पारेको छ । सन् २०१३ को खेलमा ६-० गोल अन्तरले अस्ट्रेलिया पराजित भएको थियो ।

सन् २००२ र २०१० मा समूह चरणबाटै बाहिरिएको फ्रान्स सन् २००६ मा भने अन्तिम खेल गुमाएको थियो ।

यसअघि चारपटकको विश्वकपमा सहभागी भएको अस्ट्रेलियाले उत्कृष्ट खेल सन् २००६ मा गरेका मानिन्छ । सन् २००६ मा अस्ट्रेलिया अन्तिम १६ मा पुगेको थियो ।

अस्ट्रेलियाले अहिलेसम्म कुनै पनि विश्वकप उपाधि जितेको छैन । सन् १९७४ मा पहिलो पटक सहभागी भएको अस्ट्रेलिया सन् २००६ यता भने लगातार छनोटमा परेको छ ।

अस्ट्रेलियाले यसपटक निकै मजबुत टिम बनाएको दाबी गरेको छ । सन् २००६ पछिका खेलमा पनि समुह चरणबाटै बाहिरीएको अस्ट्रेलिया यसपटक फ्रान्समाथि बाजी मारेर पेरु र डेनमार्कसँग हाबी हुने र समुह विजेता बन्ने रणनीतिमा छ ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।