काठमाडौं- भोजपुरमा छोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भोजपुर नगरपालिकाका ३५ वर्षीय पुरुषले १५ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
गत वैशाख २२ गते घरमा कोही नभएको मौका छोपी जबरजस्ती गरेको भन्ने जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
ती पुरुषले छोरीलाई एक वर्ष अघिदेखि डर, त्रास धम्कि देखाई पटक-पटक करणी गर्दै आएको किटानी जाहेरीमा उल्लेख छ।
किटानी जाहेरीपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले ती पुरुषलाई पक्राउ गरेको हो।