सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

भारतीय सेनाले नेपाली सेनालाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- भारतीय सेनाले नेपाली सेनालाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। भारतीय राजदूत विनयमोहन क्वात्राले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका हुन्। 

कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भेन्टिलेटर, आईसीयू बेड, पीपीई सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरू प्रदान गरेको छ।

प्रधानसेनापति थापाले भारतीय राजदूतलाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि धन्यवाद प्रकट गरे।

प्रकाशित: Jun 11, 2021| 07:38 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।