सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'एनआरएन द सिंगर’ मा सहभागी हुन वरिष्ठ संगीतकार बाँस्कोटाले गरे अपिल

'एनआरएन द सिंगर’ मा सहभागी हुन वरिष्ठ संगीतकार बाँस्कोटाले गरे अपिल

वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक  प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरेका छन्।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक  प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को साप्ताहिक श्रृङ्खला 'प्रवासी प्रवाह' मा बोल्दै उनले विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरेका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको  ‘एनआरएन द सिङ्गर’ कार्यक्रममा बाँस्कोटा एकजना निर्णायकका रुपमा छन्।
‘एनआरएनएले विश्वभरि छरिएर रहेका नेपाली प्रतिभाको खोजी गरिरहेको छ,’ उनले भने ‘म सबैजनालाई यो मञ्चमा सहभागी भएर आफ्नो प्रतिभाको पहिचान गर्नका लागि आह्वान गर्दछु।’

उनले गीतहरू चल्नु वा नचल्नु आफ्नो ठाउँमा भएपनि आफूसँग भएको कला भने ‘कालजयी’ हुने पनि बताए।

यही जुन महिनाको २१ देखि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ का लागि डिजिटल अडिशन सुरू गर्ने भएको छ।

नेपाली भाषी कलाकारहरूको पहिचान'

प्रवासमा रहेका नेपाली भाषी कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’का लागि अडिसनको तयारी भइरहेको संयोजक गोविन्दप्रसाद गौतमले बताए।

विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ यो प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा नेपाल र सार्क राष्ट्रबाहेक विश्वका ८२ राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपाली भाषीले भाग लिन पाउनेछन्।

उनका अनुसार प्रतियोगिताका लागि सहभागी हुन चाहनेले गीतको भिडियो बनाएर कार्यक्रमको एपमा राख्नुपर्नेछ। यो अडिसन सुरुमा सबै महादेशबाट सामाजिक सञ्जालहरूमा प्रत्यक्ष प्रसारण हुनेछ र नेपाली टेलिभिजनहरूबाट पनि प्रसारण हुनेछ।

यो प्रतियोगिताको संयोजन एनआरएनए आइसीसीको संस्कृति तथा सम्पदा उपसमितिले गरिरहेको छ।

प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन्।

एनआरएनएको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहमा बोल्दै वरिष्ठ सङ्गीतकार तथा प्रतियोगिताका निर्णायक बाँस्कोटाले आफूले जहिले पनि नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले नयाँ र राम्रा प्रतिभाहरूको पहिचान गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: Jun 11, 2021| 07:29 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।