सोमबार, भदौ ८, २०८३

जनमोर्चाका प्रदेश सांसद थापा फेरि पदमुक्त

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा फेरि पदमुक्त भएका छन्।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

पोखरा- राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा फेरि पदमुक्त भएका छन्। सो पार्टीको संसदीय दलकी नेता पियारी थापाले उनलाई पदबाट मुक्त गरिएको जानकारी प्रदेशसभालाई दिएकी छन्। 

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले विश्वासको मत लिँदा मत विभाजनको क्रममा तटस्थ बसेर पार्टीको ह्विप उल्लंघन गरेको भन्दै कृ्ष्ण थापालाई पदमुक्त गरिएको हो। ‘उहाँलाई पदमुक्त गरिएको पत्र संसदमा गइसकेको छ,’ संसदीय दलकी नेता थापाले नेपाल समयसँग भनिन्। 

ह्विप उल्लंघनको आरोपमा जेठ २० गते पनि कृ्ष्ण थापालाई जनमोर्चाले सांसद पदबाट हटाएको थियो। 

वैशाख २१ मा सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै थापाले निवेदन दिएका थिए। उनको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले जेठ २३ मा उनको पद थमौती गरिदिएको थियो।

प्रकाशित: Jun 11, 2021| 06:45 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।