काठमाडौं– जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय चार महिनाअघि दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेतको लेकबेसी हुँदै गुर्भाकोट–११ स्थित आँपसोतीमा आइपुगेको थियो। आफ्नै धर्म, आफ्नै संस्कार, आफ्नै नियम, आफ्नै कानुनको सहारामा शान्त हिँडिरहेको यो समुदायकै दुई युवतीमाथि यौन दुर्व्यवहार गर्दै खिचिएको अश्लील भिडियो आइतबार सामाजिक सञ्जालमा एकाएक भाइरल भयो।
स्थानीय होटलको कोठामा दुई युवा मिलेर १८ र २२ वर्षीया राउटे युवतीमाथि गीत गाउन लगाउँदै यौन दुर्व्यवहार गरेको भिडियोले पूरा देशको ध्यान खिच्यो। प्रहरीले तत्काल स्थानीय मनकामना होटल सञ्चालक विनोद पुनसहित दुर्व्यवहार गर्दै भिडियो बनाउने दुई युवा दमनबहादुर घर्ती र भूपेन्द्र बुढालाई पक्राउ गर्यो। प्रहरीले उनीहरूलाई जबरजस्ती करणी र मानव ओसारपोसार गरी दुई अभियोगमा अनुसन्धान गरिरहेको छ।
लगभग सबै ‘कन्टेन्ट’ मा राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारबारे भिडियो छन्। प्रायः सबैतिर पीडितको नाम र तस्बिर उल्लेख छ। सबै भिडियो पीडितको गोपनीयताप्रति संवेदनशील देखिँदैनन्।
र, यतिखेर सामाजिक सञ्जाल युट्युबमा तपाईंले ‘राउटे काण्ड’ लेखेर सर्च गर्नुभयो भने करिब यो चार दिनको अन्तरालमा दुई सय बढी भिडियो अपलोड भएको भेट्न सक्नुहुन्छ। लगभग सबै ‘कन्टेन्ट’ मा राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारबारे भिडियो छन्। प्रायः सबैतिर पीडितको नाम र तस्बिर उल्लेख छ। सबै भिडियो पीडितको गोपनीयताप्रति संवेदनशील देखिँदैनन्। अधिकांशले युट्युबको हेडलाइन र थम्बनेलमा पीडितको नामै उल्लेख गरेका छन्। उनीहरूले भ्युज बढाउनकै निमित्त हेडलाइन र थम्बनेल सनसनीखेज बनाउन खोजेका छन्।
उदाहरण, २ बी इन्टरटेन्टमेन्ट नामक युट्युब च्यानलको हेडलाइन नै काफी छ, ‘...राउटे युवतीमाथि भएको घीनलाग्दो भिडियो। लाइभ भिडियो। यस्तो अवस्थामा भेटिइन् होटलमा।’
त्यस्तै ‘के छ संसार’ नाम गरेको च्यानलको हेडलाइन छ, ‘राउटे ....को होटलमा लगृर बलात्कार, भिडियो भाइरल।’ (युवतीको नाम उल्लेख गरिएको ठाउँमा हामीले डटडट राखेका हौं )
यतिसम्म कि मेट्रो नेपाल नामक युट्युब च्यानलका युट्युबर पूर्णमान विश्वकर्मा त ‘यौन दुर्व्यवहार गरेको कोठा यही हो’ भन्दै होटलसम्म पुगेको भिडियो राखेका छन्। भिडियोको शीर्षक छ, ‘राउटे सुन्दरी लाई सेक्स गरेको होटेलमा पुग्दा सबै पर्दाफास भयो। होटल सञ्चालक मिडियामा। कोठामा प्रमाण।’
राउटे सुमदायका युवती बाहिरी समुदायका युवासँग खासै घुलमिल गर्दैनन्। उनीहरूको आफ्नै संसार छ। समुदायको नियमविपरीत अन्य समुदायसँग नजिक हुँदा उनीहरूलाई कारबाहीस्वरुप नजरबन्दमा पनि राखिएको उदाहरण छ। त्यस्तै अहिले यौन हिंसामा परेका दुई युवतीको पनि आफ्नै संसार थियो, जीवनको आफ्नै लयमा हिँडिरहेका थिए।
यो त भयो अहिलेको कुरा। तर, धेरैलाई थाहा नहुन सक्छ, अहिले दुर्व्यवहारमा परेका दुई राउटे युवती दुई महिनायता सामाजिक सञ्जाल टिकटकदेखि युट्युबसम्म निकै भाइरल थिए।
राउटे सुमदायका युवती बाहिरी समुदायका युवासँग खासै घुलमिल गर्दैनन्। उनीहरूको आफ्नै संसार छ। समुदायको नियमविपरीत अन्य समुदायसँग नजिक हुँदा उनीहरूलाई कारबाहीस्वरुप नजरबन्दमा पनि राखिएको उदाहरण छ। त्यस्तै अहिले यौन हिंसामा परेका दुई युवतीको पनि आफ्नै संसार थियो, जीवनको आफ्नै लयमा हिँडिरहेका थिए। तर, त्यो लयमा एक्कासि कसको नजर लाग्यो?
त्यो जान्न ०७७ फागुन २५ मा फर्कनुपर्छ।
कसरी ‘भाइरल’ बनाइयो?
पीडित दुई युवतीमध्ये एकलाई सुन्दरी करार दिएर खुब ‘भाइरल’ बनाएका छन्, युट्युबरहरूले। सबैभन्दा पहिला भिडियो सामग्री बनाएका थिए, वास्तविक खबर नामक युट्युब च्यानलका सञ्चालक बलवीर नेपालीले। ती राउटे युवतीलाई भाइरल बनाएका कारण ‘जनआवाज नेपाल’ नामको युट्युब च्यानलले त ‘भाइरल बनाउने बलवीर’ भन्दै उनको इन्टरभ्यु नै लिएको छ।
बलवीरले सबैभन्दा सुरुमा राउटेको कथा ‘हेर्ने कथा’ कार्यक्रममा हेरेको बताएका छन्। त्यसपछि ‘इन्द्रेणी’मा। अनि, राउटे समुदायको इतिहास बुझ्न राउटे बस्ती छिरेको बताउँदै भनेका छन्, ‘दर्शकहरूले के हेर्न चाहन्छन् त भन्ने हिसाबले खिचेका थियौं। राउटे समुदायको पनि मिस नेपाल दर्शकले चाहेको हो कि भनेर त्यो खिचेका थियौं। सुरुमा टिकटकमा हाल्यौं। मिलियन भ्युज गइदियो।’
जीवनमा कहिल्यै क्यामेरा फेस नगरेकी ती अबोध राउटे युवतीलाई अन्तर्वार्तामा कसरी प्रस्तुत हुने, केही थाहा छैन। क्यामेरातिर हेर्न पनि नजानेपछि प्रस्तोता उनलाई सम्झाउँदै भन्छन्, ‘राम्रोसँग हेर्नुहोस्, हाँसेर हेर्नुहोस्, तपाईंको पनि इतिहास रहन्छ जिन्दगीमा...।’
उनले सबैभन्दा सुरुमा फागुन २५ गते १ सय वर्षीया राउटे वृद्धाको भिडियो हाले। भोलिपल्ट फागुन २६ गते ती राउटे युवतीको भिडियो हालेका थिए। टिकटकमा क्लिप हालेपछि युट्युबमा पूरा भिडियोको माग भयो। त्यसपछि मार्च १० अर्थात् फागुन २६ गते उनले पहिलोपल्ट ती राउटे युवतीको भिडियो हाल्दै शीर्षक राखे, ‘राउटे समुदायकी ....टिकटकमा पूरा भाइरल, कसरी हेर्नुहोस्?’
दर्शकलाई भिडियोप्रति आकर्षित गर्न त्यसको थम्बनेलमा उनले ‘राउटेनी हो कि अप्सरा?’ भन्दै अर्को हाइलाइट राखेका छन्। भिडियोभित्र उनको जीवनको कथाव्यथाभन्दा पनि मायाप्रेमकै कुरा बढी छ।
जीवनमा कहिल्यै क्यामेरा फेस नगरेकी ती अबोध राउटे युवतीलाई अन्तर्वार्तामा कसरी प्रस्तुत हुने, केही थाहा छैन। क्यामेरातिर हेर्न पनि नजानेपछि प्रस्तोता उनलाई सम्झाउँदै भन्छन्, ‘राम्रोसँग हेर्नुहोस्, हाँसेर हेर्नुहोस्, तपाईंको पनि इतिहास रहन्छ जिन्दगीमा...।’
अनि प्रस्तोताले उनलाई जर्बजस्ती नेपाली गीत गाउन लगाएका छन्। उनले पनि जानीनजानी गाइदिएकी छिन्, ‘हजुरलाई गाह्रो भयो होला, मेरो गलबन्दी लिइस्यो।’
‘मेट्रो नेपाल’ नामक युट्युब च्यानलले पनि एक–दुई दिनको अन्तरालमा यिनै राउटे युवतीको भिडियो राखेको छ। यो च्यानलले पनि सुरुमा राउटे समुदायकै सबैभन्दा जेठो भनेर १ सय वर्षीया वृद्धा राउटेसँगको कुराकानी राखेको छ। तर, त्यो भिडियोमा ४ सय ९४ मात्रै भ्युज गएको छ। त्यसको भोलिपल्ट राखेको युवतीको भिडियोमा भने ९३ हजार भ्युज जान्छ।
राउटे युवतीको भिडियोमा धेरै भ्युज गएर होला, त्यसपछि यो च्यानलले लगातार राउटे बस्ती र तिनै युवतीलाई पछ्याएको छ। यो च्यानलले मात्रै राउटे युवतीमाथि करिब ४० वटा भिडियो कन्टेन्ट बनाएको छ।
युट्युबर बलवीर नेपाली राउटे युवतीलाई प्रश्न गर्छन्, ‘हामी बिहे गरेपछि सुहागरात मनाउँछौं, तपाईंहरू त्यसरी मनाउनुहुन्छ कि नाइँ?’ युवतीले केही बुझ्दिनन्। त्यत्तिकै ‘थाहा छ’ जस्तो गर्दिन्छिन्। प्रस्तोता फेरि प्रश्न गर्छन्, ‘सुहागरात भनेको थाहा छ? के गर्छन् सुहागरातमा?’
सबैभन्दा सुरुमा भिडियो राखेको ‘वास्तविक खबर’ले पनि यिनै युवतीमाथि करिब १० वटा कन्टेन्ट बनाएको छ। मार्च ११ मा अपलोड भएको भिडियोको शीर्षक छ, ‘राउटे समुदायमा आफ्नै संस्कृति परम्परा, केही फरक जीवनशैली हेर्नुहोस्।’ तर, भिडियोभित्र प्रस्तोता बलवीर नेपाली ती राउटे युवतीलाई प्रश्न गर्छन्, ‘हामी बिहे गरेपछि सुहागरात मनाउँछौं, तपाईंहरू त्यसरी मनाउनुहुन्छ कि नाइँ?’ युवतीले केही बुझ्दिनन्। त्यत्तिकै ‘थाहा छ’ जस्तो गर्दिन्छिन्। प्रस्तोता फेरि प्रश्न गर्छन्, ‘सुहागरात भनेको थाहा छ? के गर्छन् सुहागरातमा?’ ४ लाख ८८ हजार बढी भ्युज भएको छ यो भिडियोको।
मार्चमै यो च्यानलसँगै ‘मेट्रो नेपाल’ र ‘युओर स्टोरी’ युट्युब च्यानलले एउटै भिडियो राखेका छन्। जसको शीर्षक छ, ‘राउटे समुदायकै सबभन्दा सुन्दरी सम्झनाको बस्तीमा फेरि यस्तो हेर्नुहोस्...।’ यो भिडियोमा भने एक युवती प्रस्तोताका रुपमा देखिएकी छिन्। जसले राउटे युवतीलाई ‘मजाकको पात्र’का रुपमा उभ्याएकी छिन्, अनि जिस्काउँदै इन्टरभ्यु लिएकी छिन्। उनी भन्छिन्, ‘तिमी त हिरोनी देखिएकी छ्यौ, यो लुगा लाएसी त। सब केटाहरू हेर्छ के !’ उनले लगाएको राउटे पहिरनमाथि ठट्टा गर्दै जिस्काउँछिन्, ‘लुगा साटौं न।’
०००
त्यसपछि दर्जनौं युट्युब च्यानलले यी राउटे युवतीसँग कुराकानी गरेर भिडियो बनाएका छन्। एउटै च्यानलले चालीस पटकसम्म ती युवतीको भिडियो राखेको छ। एउटै भिडियोमा १ लाखदेखि १५ लाखसम्म भ्युज गएको छ। एउटै च्यानलमा कुल भ्युज करोडौं पुग्छ, थप च्यानलको हिसाब नै छैन।
तर, अधिकांश च्यानलको कन्टेन्ट विश्लेषण गर्दा उनीहरूको ध्येय राउटे युवतीलाई बेचेर युट्युब भ्युजमार्फत पैसा कमाउनुबाहेक अर्को देखिँदैन। अधिकांशलाई राउटे युवतीमाथि एकपटक खिचिएको कुराकानीले पुगेको छैन। भ्युजको लोभमा पटकपटक बस्ती पुगेर भिडियो खिचेका छन्। एउटा पात्र भाइरल भएपछि भ्युजको लोभमा त्यसलाई विभिन्न एंगलबाट पछ्याइरहने ‘युट्युबर प्रवृत्ति’ यहाँ पनि हावी देखिन्छ।
फागुन २५ पछि करिब दुई महिनाको अन्तरालमा राउटे बस्तीमा जति पनि भीड भएको छ, युट्युब हेर्दा तिनै दुई राउटे युवतीको कन्टेन्ट बनाउने निहुँमा मात्रै भएको छ। उनीहरूलाई सोसियल मिडियामा ‘भाइरल’ उपमा नै दिइसकिएको छ।
आफ्ना च्यानलमा अत्यधिक भ्युज देखेपछि अन्य युट्युब च्यानलको एकाएक राउटेबस्तीतिर ध्यान खिचिएको देखिन्छ। त्यसपछि जति पनि युट्युब च्यानल उनीहरूको बस्तीमा पुग्छन्, सबैले उनीहरूसँग बिहेका, प्रेमका, सुहागरातका कुरा नै बढी गरेका छन्। अधिकांशले जबरजस्ती भए पनि गीत गाउन लगाएकै छन्।
यतिसम्म कि भाइरल कसले बनाएको भन्नेमा पनि युट्युबरहरूबीच प्रतिस्पर्धा देखिन्छ। भिडियो राखेको मिति हेर्दा युट्युबर बलवीर नेपालीलाई यो तकमा जान्छ। त्यसको दुई दिनपछि तिनै युवतीको भिडियो मेट्रो नेपालका युट्युबर पूर्णमान विश्वकर्माले राखेका थिए। त्यसैले उनले पनि ‘मैले भाइरल बनाएको’ भन्दै अन्तर्वार्ता दिन भ्याएका छन्। राउटे युवतीले ‘नखिच्नू न’ भनेको भिडियो पनि उनले हालेका छन्, जुन भिडियोमै देख्न सकिन्छ।
ती राउटे युवतीलाई ‘भाइरल’ बनाएकोमा उनलाई यति गर्व महसुस भएको छ कि तिनै युवतीका लागि एकपटक उनी एक जोर कपडा लिएर पुगेका छन्, अनि कार्यक्रमको सुरुवात गर्दै भन्छन्, ‘दर्शकवृन्द नमस्कार ! म पूर्णमान विश्वकर्मा। तपाईं यतिबेला मेट्रो नेपाल हेर्दै हुनुहुन्छ। हामीले दुई महिना अघिमात्रै सम्झना बहिनीलाई भाइरल बनाएका थियौं र त्यसपश्चात् धेरै नकारात्मक कमेन्टहरू आए हामीलाई। सम्झनाको भिडियो मात्रै खिचियो तर साथ–सहयोग भएन भन्ने कुरा आयो। त्यसैले एकजोर कपडा भए पनि चेन्ज गर्दिन्छु भनेर म बाँकेबाट यहाँसम्म आएको छु ...।’
०००
माथिका दुई च्यानलमा दर्शकको अत्यधिक भ्युज देखेपछि अन्य युट्युब च्यानलको एकाएक राउटेबस्तीतिर ध्यान खिचिएको देखिन्छ। त्यसपछि जति पनि युट्युब च्यानल उनीहरूको बस्तीमा पुग्छन्, सबैले उनीहरूसँग बिहेका, प्रेमका, सुहागरातका कुरा नै बढी गरेका छन्। अधिकांशले जबरजस्ती भए पनि गीत गाउन लगाएकै छन्। तिनै इन्टरभ्युका क्लिपहरू टिकटकमा भाइरल भएका छन्। त्यसपछि वरिपरिका गाउँबाट समेत मान्छे भाइरल राउटे युवतीसँग भन्दै टिकटक बनाउन पुगेका छन्।
प्राध्यापक एवम् सञ्चारविज्ञ पी खरेल राउटे प्रकरणमा युट्युबमा देखिएका कन्टेन्ट विध्वंस मच्चाउने खालका र पत्रकारिता आचारसंहिता विपरीत रहेको बताउँछन्। तर यसलाई हाम्रो देशको कानुनले नै संरक्षण गरेको उनको टिप्पणी छ। ‘
कतिपय युट्युब च्यानलले ‘राउटे सुन्दरी भाइरल फिल्ममा हिरोइन खेल्दै’ भन्दै कन्टेन्ट हालेका छन्। कतिले ‘कस्तो राम्रो स्वर’भन्दै फुर्काएका छन्। जस्तो कि, युट्युबर अमृतमान ओलीले त बिहे कहिले गर्नेदेखि पहिलो सन्तान छोरा जन्माउने कि छोरी जन्माउनेसम्मको प्रश्न गरेरे कन्टेन्ट बनाएका छन्। अनि शीर्षक राखेका छन्, ‘....भाइरल भएपछि बिहे गर्दै।’
तिनै युवतीको क्लासिक नेपाल युट्युब च्यानलले एउटा भिडियो राखेको छ, जसको शीर्षक नै छ, ‘...ले खुसी हुँदै खोलिन् महिनावारी, बिहे र मायाप्रेमका कुरा। राउटेनीको भित्री कुरा सबै खोलिन्।’ र, यो भिडियोको भ्युज ९ लाख ३१ हजार बढी भएको छ।
प्राध्यापक एवम् सञ्चारविज्ञ पी. खरेल राउटे प्रकरणमा युट्युबमा देखिएका कन्टेन्ट विध्वंस मच्चाउने खालका र पत्रकारिता आचारसंहिता विपरीत रहेको बताउँछन्। तर यसलाई हाम्रो देशको कानुनले नै संरक्षण गरेको उनको टिप्पणी छ। ‘नत्र त अहिलेसम्म प्रेस काउन्सिलले केही गरिसक्थ्यो होला?’ उनको प्रश्न छ।
राउटे प्रकरणमा युट्युबरले राखेका अधिकांश भिडियो हेर्दा हिंसा र अश्लीलतालाई पश्रय दिएको पाइन्छ। तर, पत्रकारको नियमन निकाय नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहितामा ‘पत्रकार तथा सञ्चारमाध्यमले हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन’ भन्ने व्यवस्था छ।
पत्रकार आचारसंहिताले त ‘पत्रकार तथा सञ्चारमाध्यमले समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका साथै हत्या, आत्महत्या, बलात्कार, दुर्घटना जस्ता कारणबाट सृजित नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्बिर सम्प्रेषण गर्नुहुँदैन’ भनेको छ। राउटे युवतीमाथि सम्प्रेषित सामग्री हेर्दा युट्युबरले पटकपटक आचारसंहिता उल्लंघन गरेको स्पष्ट छ।
युट्युबहरूले पीडितको गोपनीयताको पनि ख्याल गरेका छैनन्। तर, आचारसंहितामा ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको गोपनीयताको हकको सम्मान गर्नुपर्दछ’ पनि भनिएको छ। आचारसंहिताको ‘पत्रकार तथा सञ्चारमाध्यमले गर्न नहुने’ शीर्षकअन्तर्गत बुँदा नं. ४ मा उल्लेख छ, ‘पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख–पीडा भोगिरहको व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्ने गरी वा सावर्जनिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि विवरण, चित्र, संकेत लगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन।’
यतिमात्रै होइन, आचारसंहिताले त ‘पत्रकार तथा सञ्चारमाध्यमले समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका साथै हत्या, आत्महत्या, बलात्कार, दुर्घटना जस्ता कारणबाट सृजित नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्बिर सम्प्रेषण गर्नुहुँदैन’ पनि भनेको छ। राउटे युवतीमाथि सम्प्रेषित सामग्री हेर्दा युट्युबरले पटकपटक आचारसंहिता उल्लंघन गरेको स्पष्ट छ।
राउटे युवतीको नाममा म्युजिक भिडियोदेखि डकुमेन्ट्रीसम्म
दुई राउटे युवती भाइरल भएपछि युट्युबरहरूले कन्टेन्ट बनाउने बहानामा अनेक गरेका छन्। ‘राउटे युवतीलाई भेट्न राष्ट्रिय कलाकार पुगे’ भन्दै हास्य कलाकार कमल गाउँलेसम्म लिएर जान भ्याएका छन्। र, कहिले माताजी लिएर पुगेका छन्। र, सहकार्यमा तीन–चारवटा युट्युब च्यानलले एउटै भिडियो हालेका छन्।
यसरी राउटे युवती सोसियल मिडियाका लागि ‘दर्शक तान्ने यन्त्र’ बनिदिएपछि संगीतकर्मीले समेत त्यसको फाइदा उठाएका छन्। कुशल वेल्वासे र शर्मिला कँडेलले ती युवतीको नामनै किटान गरेर उनको पहिलो म्युजिक भिडियो भन्दै शीर्षक राखेका छन्। र, राउटे बस्तीमै पुगेर गीत सुट गरेका छन्, ‘पात गाँसेर टपरी, मन गाँसेर पिरती...।’ अहिले पनि युट्युबमा गीतको शीर्षक छ, ‘भाइरल...(युवतीको नाम) यस्तो थियो पहिलो भिडियो)। तर, भिडियोभर तिनै कलाकारमात्रै छन्, जसको पहिलो भिडियो भनिएको छ, ती राउटे युवती त एक दुई सिनमा मात्रै देखाएकी छिन्। एसथ्रीके इन्टरटेन्मेन्ट नामको युट्युब च्यानलले राखेको गीतको भ्युज ७ लाख ३५ हजार बढी गइसकेको छ। यस्तै भाइरल राउटे युवतीमाथि टेकेन्द्र शाहले म्युजिकल डकुमेन्ट्री नै बनाएका छन्।
...अनि दुर्व्यवहारको चरणमा
रातारात टिकटकदेखि युट्युबसम्म भाइरल भएकी राउटे युवतीमाथि स्थानीय दुई युवा दमनबहादुर घर्ती र भूपेन्द्र बुढाको नजर पर्यो। उनीहरू बस्ती पुगे। ती युवतीसँग घुलमिल हुन थाल्यो। सामाजिक सञ्जालकी सेलिब्रेटीसँग भिडियो बनाएर राख्दा आफू पनि सेलिब्रेटी भइने भ्रम जाग्न थाल्यो। होटलसम्म लगे। मदिरा पिलाए। अनि, मदिराले लठ्याएपछि मोबाइल भिडियो खिच्न थाले। र, उनीहरूले खिचेको त्यही भिडियो हेर्दा पनि उनीहरूमा ‘चर्चा’ को मनोविज्ञान स्पष्ट झल्किन्छ। ‘देखिस्, भाइरल युवतीसँग हामी यति नजिक छौं,’ सारा जगत्लाई उनीहरू यस्तै सन्देश प्रवाह गर्न खोजिरहेको देखिन्छ।
नेपाल प्रहरी साइबर ब्युरोका डीआईजी रामकृपाल शाह भन्छन्, ‘हामी हिंसा फैलाउने र पीडितलाई थप पीडा दिने कन्टेन्टहरूको अनुसन्धानमा लागिरहेका छौं, अनुसन्धानपछि मुद्दा दर्ता गर्ने तयारीमा पनि छौं।’
नेपाल प्रहरी साइबर ब्युरोका डीआईजी रामकृपाल शाह सोसियल मिडियामा राउटे युवतीसँग जोडिएर देखिएका हिंसाप्रेरित कन्टेन्टबारे अनुसन्धान गरिरहेको बताउँछन्। ‘हामी हिंसा फैलाउने र पीडितलाई थप पीडा दिने कन्टेन्टहरूको अनुसन्धानमा लागिरहेका छौं, अनुसन्धानपछि मुद्दा दर्ता गर्ने तयारीमा पनि छौं,’ उनले भने।
फिल्म निर्देशक मनोज पण्डित राउटे युवतीलाई क्यामेराले नै भाइरल बनाएर क्यामेराले नै हिंसाको अवस्थासम्म डोर्याएको बताउँछन्। ‘क्यामेरा हतियार हो। हतियारको बलले तपाईंले अपराधीहरूलाई तर्साउन पनि सक्नुहुन्छ, त्यसैले निर्दोषलाई पीडित बनाउन पनि सक्नुहुन्छ,’ उनी भनछन्, ‘क्यामेरा अहिलेको आधुनिक हतियार हो। राउटे युवतीको प्रकरणमा पनि निहित आफ्नो स्वार्थका लागि यो हतियारलाई दुरुपयोग गरिएको पाइन्छ। क्यामेरा तेर्साउनेबित्तिकै आफूलाई शक्तिशाली र भयंकर ठान्ने जुन मनोविज्ञान विकास भएको छ, यो त्यसैको उपज हो। ’
फिल्म निर्देशक मनोज पण्डित भन्छन्, ‘ती कन्टेन्टहरू हेर्दा बरु मान्छेलाई कसरी उद्वेलित र उत्तेजनामा ल्याउने भन्ने नियत देखिन्छ। अनि, दर्शकको प्रतिक्रिया हेर्दा नेपाली समाज यस्तै कन्टेन्टमा रमाइरहेको देखिन्छ। यो डरलाग्दो संकेत हो।’
डिजिटल संसारले हरेक मान्छेलाई स्वतन्त्रता दिएको छ। यो स्वतन्त्रता सम्मान गर्दै एउटा कथावाचकले युट्युबमा कन्टेन्ट भन्दै गर्दा त्यसले समाजमा के अर्थ निर्माण गर्छ, कस्तो प्रभाव पार्छ भन्नेबारे पनि उत्तिकै सचेत हुनुपर्छ। तर, युट्युबमा राउटे युवतीमाथि बनाइएका कन्टेन्ट हेर्दा युट्युबरलाई समाजमा पर्ने असरप्रति कुनै चिन्ता नदेखिएको निर्देशक पण्डितको विश्लेषण छ। ‘ती कन्टेन्टहरू हेर्दा बरु मान्छेलाई कसरी उद्वेलित र उत्तेजनामा ल्याउने भन्ने नियत देखिन्छ। अनि, दर्शकको प्रतिक्रिया हेर्दा नेपाली समाज यस्तै कन्टेन्टमा रमाइरहेको देखिन्छ। यो डरलाग्दो संकेत हो,’ उनले भने।
जसरी राजनीतिज्ञहरू चर्चाका लागि जे पनि गरिरहेका छन्, युट्युबहरू पनि भ्युजका लागि हदैसम्म गिर्न तयार भइरहेको देख्छन्, ‘दासढुंगा’ निर्देशक पण्डित। ‘हामीकहाँ अहिले जे गर्दा चर्चा कमाइन्छ, त्यही गर्ने भन्ने मनोविज्ञान छ। राउटे युवती त्यही मनोविज्ञानको सिकार भए,’ उनी भन्छन्, ‘यो पुँजीवादको नयाँ हतियार (प्रविधि) ले राउटेलाई मात्रै होइन, सबै समुदायलाई प्रहार गर्छ। यो घटनाले पनि अब कोही यसको पन्जाबाट जोगिँदैन भन्ने संकेत गर्छ। मान्छेको निजी जीवनमा प्रवेश गरेर जसरी युट्युब जोकोहीलाई भाइरल र स्टार बनाउँदै हिडिरहेको छ, यो राम्रो संकेत हुँदै होइन।’
‘राउटे चेलीहरू जीवनको आफ्नै लयमा थिए। युट्युबरहरू हाँस्दै बस्तीमा छिरे र शान्त तलाउमा अशान्तिको ढुंगा खसाले। युट्युबरको ‘असंवेदनशील र हिंसाप्रेरित कन्टेन्ट’ सम्प्रेषणले उनीहरूको स्वर्गजस्तो जीवनलाई नर्क बनाइरहेको छ। कानुनको दायरामा पीडक मात्रै हैन, युट्युबरलाई पनि ल्याउनुपर्छ।’
पत्रकार प्रवीण बानियाँ संवेदनशील कुरामा ‘सनसनीपूर्ण खुलासा गर्ने, आफैं अनुसन्धान गर्ने, आफैं फैसला गर्ने’ नेपालका कथित युट्युबर कुन स्तरका छन्, उनीहरूमा पत्रकारिताको कति ‘सेन्स’ छ भन्ने कुरा राउटे प्रकरणमा बनेका भिडियो र थम्बनेल हेर्दा थाहा पाइने बताउँछन्। ‘राउटे चेलीहरू जीवनको आफ्नै लयमा थिए। युट्युबरहरू हाँस्दै बस्तीमा छिरे र शान्त तलाउमा अशान्तिको ढुंगा खसाले। युट्युबरको ‘असंवेदनशील र हिंसाप्रेरित कन्टेन्ट’ सम्प्रेषणले उनीहरूको स्वर्गजस्तो जीवनलाई नर्क बनाइरहेको छ। कानुनको दायरामा पीडक मात्रै हैन, युट्युबरलाई पनि ल्याउनुपर्छ,’ उनले ट्विटरमा लेखेका छन्।
तर, निर्देशक मनोज पण्डित नेपालका युट्युबरलाई दबाबभन्दा पनि उनीहरूलाई कथावाचनसम्बन्धी ज्ञान दिन जरुरी रहेको बताउँछन्। ‘युट्युबरको चेतनामा समृद्धि ल्याउनतर्फ पहल गरिएन भने कथाको नाममा दुर्दशा निम्तिरहने पक्का छ। अहिले त युट्युबले पीडितलाई भन् पीडा दिइरहेको छ, दर्शक त्यसैमा रमाइरहेका छन्,’ उनले भने।
यो पनि पढ्नुस्,