सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड-१९ बाट मृत्यु भएकाका परिवारलाई किरिया खर्च दिइने

कोभिड-१९ बाट मृत्यु भएकाका परिवारलाई किरिया खर्च दिइने

कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएकाका परिवारलाई किरिया खर्चबापत् रकम उपलब्ध गराउने भएको छ। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

धनगढी- कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएकाका परिवारलाई किरिया खर्चबापत् रकम उपलब्ध गराउने भएको छ। 

नगर कार्यपालिकाको बैठकले किरिया खर्चबापत् ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। 

जेठ २५ गते बसेको नगर कार्यपालिकाको बैठकले किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी महेन्द्र खड्काले बताए। 

‘कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाएकाका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय भएको छ,’ सूचना अधिकारी खड्काले भने, ‘केही दिनभित्र खर्च दिइन्छ।’ 

कोरोनाभाइरस संक्रमण भएर नगरपालिकाका १७ जनाको मृत्यु भएको उनको भनाइ छ। 

प्रकाशित: Jun 11, 2021| 06:17 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।