सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सोलुखुम्बुमा क्रेनले विद्युत् प्रसारण लाइन छुँदा दुई जनाको मृत्यु

सोलुखुम्बुमा क्रेनले विद्युत् प्रसारण लाइन छुँदा दुई जनाको मृत्यु

सोलुदूधकुण्ड नगरपालिका-८, पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेट ट्रकमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै ज्यान गएको छ। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

सोलुखुम्बु- सोलुदूधकुण्ड नगरपालिका-८, पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेट ट्रकमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै ज्यान गएको छ। 

पोखरातर्फ जाँदै गरेको ग १ क ५१७३ नम्बरको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए। 

लोवेट चालक बडीगाड गाउँपालिका–५, बागलुङ स्थायी ठेगाना भएका २६ वर्षीय भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका २४ वर्षीय रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

आज बिहान पौने ९ बजेको समयमा सोलु खोलामा निर्माणाधीन ८६ मेगावाट हाइड्रोपावरको क्रेन मर्मतका लागि पोखरा लैजाँदै गर्दा सडकमाथि रहेको प्रसारण लाइनमा छुँदा घटना भएको डीएसपी कटवालले जानकारी दिए। 

यस्तै सहचालक मालिका गाउँपालिका गुल्मीका १८ वर्षीय वसन्त पौडेल र स्याङ्जाका अन्दाजी २४ वर्षीया लीला परियार सामान्य घाइते भएको बताइएको छ।

 उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाई अवरुद्ध सडक खुलाउने काम भइरहेको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए। 

सिद्धिचरण लोकमार्गमा पर्ने उक्त सडक क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइन छ। रासस

प्रकाशित: Jun 11, 2021| 06:09 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।