सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

धनगढी- कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। 

जिल्लाको वेदकोट नगरपालिका-५ मा स्थानीय युवतीमाथि दुई जना युवकले बलात्कार गरेको प्रहरीले जनाएको हो।

बलात्कार गरेको आरोपमा वेदकोट नगरपालिका-६ का २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। 

बलात्कारमा संलग्न स्थानीय अर्का आरोपी भने फरार रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए। उनको खोजीकार्य भइरहेको थापमले जानकारी दिएका छन्।

बिहीबार नर्सरीमा उनीहरूसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले बलात्कार गरेको पीडित युवतीको भनाइ छ। 

राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर प्राप्त भएपछि जिल्लाबाट खटिएको प्रहरी टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको थापाले बताए।

युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएकोमा रिपोर्ट आउन बाँकी छ। नर्सरीमा उनीहरूले युवतीलाई मदिरा सेवन गराएर उनीमाथि बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको उनले बताए।

प्रकाशित: Jun 11, 2021| 05:41 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।