काठमाडाैं- रामदेवले कोरोनाविरुद्धको भ्याक्सिन लगाउने बताएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार बिहीबार रामदेवले कोरोना खोप लगाउने बताएका छन्। साथै उनले डाक्टरलाई भगवानको दूतको उपमा समेत दिएका छन्।
यसभन्दा पहिले रामदेवले योग र आयुर्वेदका कारण आफू सुरक्षित रहेको र कोरोना खोपको कुनै आवश्यकता नभएको बताएका थिए।
जुन २१ देखि प्रधानमन्त्री मोदीले सबैलाई निःशुल्क खोप प्रदान गर्ने घोषणा गरेकोमा रामदेवले स्वागत गरेका छन्। उनले माेदीको उक्त कदमलाई ऐतिहासिक कदम भनेका छन्। रामदेवले सबैलाई कोरोना खोप लगाउन आग्रह गर्दै आफूले पनि चाँडै लगाउने बताएका छन्।
उनले खोप लगाउँदै योग र आयुर्वेदका साथ कोरोनाविरुद्ध दुई गुणा सुरक्षा अपनाउन सकिने बताएका छन्।