सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा बीचमै किन रोकियो कोरोनाविरुद्ध खोप अभियान?

काठमाडौंमा बीचमै किन रोकियो कोरोनाविरुद्ध खोप अभियान?

काठमाडौंमा कोरोनाविरुद्धको खोप भेरोसेल दिने काम स्थगित गरिएको छ।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- काठमाडौंमा कोरोनाविरुद्धको खोप भेरोसेल दिने काम स्थगित गरिएको छ। खोप अभाव भएपछि कार्यक्रम निर्धारित मितिभन्दा दुई दिन अगावै रोक्न परेको काठमाडौं महानगरपालिकाले जनाएको छ। 

महानगरका स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जेठ २५ गतेदेखि २९ गतेसम्मका लागि खोप अभियान कार्यक्रम राखिएको भए पनि स्वास्थ्य सेवा विभागबाट खोप सकिएको भन्ने जानकारी आएकाले सबै वडामा खोप कार्यक्रम स्थगित गर्नुपरेको जनाएका छन्।

स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुट्याइएको खोप संख्या सकिएको भनि सूचना प्राप्त भएकाले जेठ २८ अर्थात शुक्रबारबाट काठमाडौंमा खोप कार्यक्रम स्थगित गरेको महानगरपालिकाले एक सूचना जारी गर्दै जनाएको छ।

चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप सरकारले यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहलाई दिन सुरु गरेको थियो।

प्रकाशित: Jun 11, 2021| 03:14 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।