सोमबार, भदौ ८, २०८३

देशभरको मौसम सक्रिय : यी स्थानमा भारी वर्षा हुने

पूर्वी भागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भागमा पश्चिमी र स्थानीय वायु सक्रिय रहेकाले शुक्रबार देशभर मौसमको मिश्रित प्रभाव पर्ने अनुमान गरिएको छ।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- पूर्वी भागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भागमा पश्चिमी र स्थानीय वायु सक्रिय रहेकाले शुक्रबार देशभर मौसमको मिश्रित प्रभाव पर्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको छ। 

आज दिनभर देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ अनुमान गरिएको छ। देशका धेरै  स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी दिन दिनसम्म नै देशभरको मौसम सक्रिय रहने पूर्वानुमान गरिएको छ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिमका केही भागमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Jun 11, 2021| 02:29 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।