सोमबार, भदौ ८, २०८३

सभामुखले आज शीर्ष नेताहरूसँग छलफल गर्दै

सभामुख अग्निप्रसाद सापकोटाले आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्वप्रधानममन्त्रीहरूसँग छलफल गर्दैछन्। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्वप्रधानममन्त्रीहरूसँग छलफल गर्दैछन्। 

समसामयिक विषयमा छलफलका लागि बैठक आयोजना गरिएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। 

उनका अनुसार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा छलफल हुनेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको छ।

सभामुख सापकोटा संसद् विघटनपछि पूर्वसभामुख एवं कानुन व्यवसायीहरूसँग चरणबद्ध छलफलमा जुटेका थिए। 

प्रकाशित: Jun 11, 2021| 02:10 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।